Comments Add Comment

नेशनल लाइफको सेयर समायोजनपछि पनि मूल्य २ हजार नाघ्यो


८ साउन, काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले दिन लागेको २५ प्रतिशत बोनस सेयर समायोजन पछि पनि कम्पनीको मूल्य बढेको छ ।

कम्पनीको सेयर समायोजनपछि मूल्य १ हजार ९ सय ९२ रुपैयाँ तोकिएको थियो । यसको लागि लिइएको कम्पनीको औसत मूल्य १ हजार ८ सय ८८ रहेको थियो ।

कम्पनीको समायोजन अघि २ हजार ४ सय ८० रुपैयाँमा सेयर किनबेच भइरहेको थियो । यो समाचार तयारपार्दसम्म आइतवार साढे ११ बजे कम्पनीको सेयर मूल्य बढेर २ हजार १ रुपैयाँ पुगेको थियो ।

समायोजन पछि पनि मूल्यमा करिब ०.४५ प्रतिशतले वृद्धि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment