Comments Add Comment

साउन लागेपछि पनि घटेन व्याजदर , कर्जामा तोकियो २० प्रतिशतसम्म

साधारण ग्राहकलाई कर्जामा ४ प्रतिशतसम्म बढि


८ साउन, काठमाडौं । नयाँ आर्थिक वर्ष सुरुसँगै बैंक तथा वित्तीय संस्थाहरुले नयाँ व्याज दर सार्वजनिक गरिरहेका छन् ।

असार अन्त्यदेखि हालसम्म व्याजदर सार्वजनिक गरिरहेका ६ वाणिज्य बैंकमा एनआइसी एशिया बैंकले मुद्दती निक्षेपमा सबैभन्दा धेरै व्याज दर प्रस्ताव गरेको हो । बैंकले १ वर्षे मुद्दतीमा ११.५० प्रतिशतसम्म व्याज दर तोकेको छ । तर, यो खातामा निश्चित अवधिपछि पुनः नयाँ व्याज दर लागु हुने बैंकले उल्लेख गरेको छ ।

अन्य वाणिज्य बैंकहरुले भने मुद्दतीमा अधिकत्तम ११ प्रतिशत व्याज दर कायम राखेका छन् । यता, बचत खातामा भने बैंकहरुले ३.७५ प्रतिशतदेखि ८ प्रतिशतसम्म व्याज दिइरहेका छन् ।

कर्जा लिनेले भने अहिले महंगो व्याज तिर्नु परिरहेको छ । शीर्षकअनुसार कर्जाको व्याज दर अधिकत्तम २० प्रतिशतसम्म पुगेको छ ।

नयाँ दर सार्वजनिक गरेको मेगा बैंकले कर्जाको शीर्षक अनुसारको न्युनत्तम दर भने उल्लेख गरेको छैन् । बैंकले बेस रेट ११ प्रतिशतको आधारमा थप ४ प्रतिशतदेखि ११ प्रतिशतसम्म व्याज दर तोकेको छ । टर्म लोन, घरजग्गा कर्जा, अटो कर्जा, सेयर धितोमा कर्जा १६ देखि १९.५ प्रतिशतसम्मको अधिकत्तम व्याज दर रहेको सुचना सार्वजनिक गरेको हो ।

यता, असार ३१ गते नयाँ सुचना सार्वजनिक गरेको सेञ्चुरी कमर्सियल बैंकले कर्जामा ११ प्रतिशतदेखि २० प्रतिशतसम्म तोकेको छ । टर्म लोन, घरजग्गा कर्जा, अटो कर्जा, सेयर धितोमा कर्जा १६ देखि १८.५ प्रतिशतसम्मको अधिकत्तम व्याज दर रहेको सुचना सार्वजनिक गरेको हो ।

साउन १ गते नयाँ सुचना सार्वजनिक गरेको सानिमा बैंकले १२ प्रतिशतदेखि १७ प्रतिशतसम्म व्याज दर लिइरहेको छ ।
कर्जाको लागि नबिल बैंक सबैभन्दा सस्तो देखिएको छ । बैंकको असार अन्त्यमा ६.६१ प्रतिशत बेस रेट रहेको छ । बैंकले अधिकत्तम १५ प्रतिशत व्याज दर लिइरहेको उल्लेख गरेको छ ।

असार २७ गते नयाँ दर सार्वजनिक गरेको एनआइसी एशिया बैंकले जेठको बेस रेट १०.९९ प्रतिशत उल्लेख गरेको छ । बैंकले कर्जामा १४ देखि १६ प्रतिशतसम्म व्याज दर लिइरहेको छ ।

साउन ६ गते नयाँ दर सार्वजनिक गरेको सनराइज बैंकले ११.१९ प्रतिशतदेखि अधिकत्तम १७.१९ प्रतिशतसम्म व्याज दर लिइरहेका छन् ।

कुनैपनि बैंकको बेस रेट सहित १० र ११ प्रतिशत (कुल २१ प्रतिशत) हुने अन्य कम चलनचल्तिका कर्जाको दर भने दिइएको छैन् ।

साधारण ग्राहकलाई कर्जामा ४ प्रतिशतसम्म बढि

बैंकहरुले निक्षेपकर्तालाई विभेद गरेको भन्दै राष्ट्र बैंकले नै पनि आवाज उठायो । यसमा केही हदसम्म बैंकहरुले सुनवाई गर्नु पर्ने अवस्था पनि आयो । कर्जा योग्य लगानीको अभावले उनीहरुलाई यसको सुनवाई गर्न बाध्यता नै पनि आएको हो ।

केही समययता भने कर्जाका ग्राहकमा समेत व्याज दरमा विभेद गरियो भनेर बैंकिङ क्षेत्रकै व्यक्तिहरुले आवाज उठाइरहेका छन् । नेपाल वित्तीय कम्पनी संघ नेपालका अध्यक्ष सरोजकाजी तुलाधरले मौद्रिक नीतिको सुझाव दिने क्रम देखि यसको समिक्षासम्ममा यही कुरा उठाइरहेका छन् ।

‘अब बैंकहरुको निक्षेप र कर्जाको व्याज दर अन्तर तोकिए जस्तै एकै शीर्षकको कर्जामा रहेको विभेद अन्त्य गर्न यसमा पनि निश्चित अन्तर मात्र हुनुपर्ने देखिन्छ,’ तुलाधरले भने ।

हाल बैंकहरुले सार्वजनिक गरेको नयाँ दरमा केही बैंक (नबिल बैंकले) कर्जा लिने ग्राहकको लागि एकै शीर्षकको कर्जामा २ प्रतिशतसम्म अन्तर राखेका छन् भने धेरैले ३ देखि ४ प्रतिशत अन्तर राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment