Comments Add Comment

चूडामणिको बन्दी प्रत्यक्षीकरण रिटः मिसिल झिकाउन आदेश

८ साउन, काठमाडौं । सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माविरुद्ध विशेष अदालतमा दायर भ्रष्टाचार मुद्दाको मिसिल झिकाउने आदेश दिएको छ ।

शर्माकी पत्नीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटको आइतबार पूर्ण इजलासमा सुनुवाई भएको थियो । न्यायाधीशहरु दीपकराज जोशी, दिपककुमार कार्की, केदारप्रसाद चालिसे, सारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको इजलासले मिसिल झिकाउन आदेश दिएको सर्वोच्चका प्रवक्ता महेन्द्र उपाध्यायले जानकारी दिए ।

कर फछ्र्यौट गर्ने क्रममा भ्रष्टाचार गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्माविरुद्ध विशेष अदालतमा १० अर्ब २ करोड बढी मुद्दा दायर गरेको छ ।

शर्मापत्नीले भने कर फछ्र्यौट आयोगले गरेको निर्णयमा प्रश्न उठाउन नपाउने भन्दै बन्दीप्रत्यक्षीकरण रिट हालेपछि सर्वोच्चले यसअघि नै मुद्दा यथास्थितिमा राख्न भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment