Comments Add Comment

राष्ट्र बैंकले ७ दिनको लागि बैंकहरुबाट १० अर्ब तान्दै


८  साउन, काठमाडौं । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ७ दिनको लागि १० अर्ब पुँजी तान्ने भएको छ । साउन ८ गतेदेखि साउन १५ गतेसम्मको परिपक्व अवधि रहेको १० अर्ब बराबरको रिर्भस रिपो राष्ट्र बैंकले जारी गर्न लागेको हो ।

बैंकहरुमा तरलता धेरै भएमा र लगानी गर्ने नसकेमा राष्ट्र बैंकले उनीहरुको प्रणालीबाट रकम खिच्ने गर्छ ।

बैंकहरुको समग्रमा यसअघि तरलताको अनुपात ३१ प्रतिशतसम्म देखिएको भएपनि हाल २५ प्रतिशतको दरमा रहेको तथ्यांक केही दिन अघिको कार्यक्रममा पुर्व बैंकर अनलराज भट्राईले प्रस्तुत गरेका थिए ।

धेरै बैंकमा कर्जा योग्य लगानीको अभाव देखिएपनि केहीमा भने यो समस्या रहेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment