Comments Add Comment

२७ वर्षपछि नागपञ्चमी र रक्षाबन्धन एकै दिन !

चन्द्रग्रहणका कारण १० दिनअघि नै जनै फेर्न सुझाव

८ साउन, काठमाडौं । ११० वर्षको इतिहासमा चौथोपटक रक्षाबन्धन पर्व र नागपञ्चमी एकै दिन परेको छ ।

पञ्चाङ्ग निर्णायक समितिले प्रेस विज्ञप्ति जारी गर्दै यस वर्ष साउन २३ गते सोमवार श्रावण शुक्ल पूर्णिमा परे पनि खण्डग्रास चन्द्रग्रहणका कारण साउन १३ गते नै नागपञ्चमी मनाउन सुझाव दिएको छ ।

पञ्चाङ्ग समितिले सत्कर्मरत्नावली, निर्णयसिन्धु र कृत्यबाटिका जस्ता ग्रन्थहरुका आधारमा यो निर्णय लिइएको बताएको छ ।

पञ्चाङ्ग समितिको विज्ञप्तिमा भनिएको छ- ‘श्रावण शुक्ल पूर्णिमाका दिन अर्धरात्रीपूर्व खण्डग्रास चन्द्रग्रहण भएकाले सो दिन गरिने उपाकर्म, ऋषितर्पणी र रक्षावन्धन श्रावण १३ गते शुक्रबार नागपञ्चमीका दिन गर्नु शास्त्र तथा परम्परा अनुसार समुचित छ ।’

पञ्चाङ्ग समितिका अध्यक्ष प्राध्यापक डा. रामचन्द्र गौतमले विज्ञप्ति जारी गरी कुनै भ्रममा नपर्न र साउन १३ गते नै रक्षाबन्धन गर्न आग्रह गरेको छ ।

नागपञ्चमी र रक्षाबन्धन एकै दिन गरिएको २७ वर्षपछि यो पटक हो । यसअघि विक्रम सम्बत १९६३, १९८२, २०२८ र २०४७ सालमा यस्तै परेको थियो ।

पढ्नुहोस् नेपाल पञ्चाङ्ग निर्णायक समितिको विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment