Comments Add Comment

साहरुख भन्छन्-‘लभ स्टोरी फिल्म महिलाको नजरबाट हेरिनुपर्छ’


बलिउड नायक साहरुख खानलाई ‘रोमान्सका वादशाह’ मानिन्छ । बलिउडमा हिट भएका अधिकांश रोमान्टिक चलचित्रमा नायकको रुपमा साहरुख नै छन् । उनै, साहरुख अभिनित चलचित्र ‘जब ह्यारी मेट सेजल’ अगष्ट ४ बाट रिलिज हुँदैछ ।

यो चलचित्रमा साहरुख टुरिष्ट गाइडको रुपमा देखिदैछन् । इम्तियाज अलीको निर्देशनमा तयार भएको चलचित्रमा साहरुखकी जोडीको रुपमा नायिका अनुष्का शर्मा देखिएकी छिन् ।

उनै, साहरुख विश्वास गर्छन् कि, कुनै पनि उत्कृष्ट प्रेमकथा निर्देशकको नजरबाट बन्छ । जसले प्रेमलाई महिलाको नजरबाट देख्ने गर्दछ ।
साहरुख भन्छन्-‘यश चोपडा, आदित्य चोपडा, करण जोहर जस्ता निर्देशकले प्रेमकथालाई महिलाहरुको जीवनसँग जोडेर बनाएका छन् । यसैले, यी प्रेमकथाहरु उत्कृष्ट थिए । म अहिले यही खुबी इम्तियाज अलीमा देख्छु ।’

साहरुखका अनुसार इम्तियाजले सुरुवातमा केटीका लागि आत्महत्या गर्न खोज्ने यूवकको प्रेम कथामा चलचित्र बनाउन खोजेका थिए । तर, साहरुखले त्यो कथामा काम नगरेर ‘जब ह्यारी मेट सेजल’को कथामा काम गरेका हुन् ।

केही बर्ष अगाडि एक निर्देशकले साहरुखलाई लिएर प्रेमकथा बनाउन चाहेका थिए । तर, साहरुखले त्यो कथामा काम गर्न नै चाहेनन् । उनी भन्छन्-‘ती निर्देशकले प्रेमकथा मात्र बनाउन चाहेका थिए । प्रेमकथा बनाउन चाहेर मात्र हुँदैन, त्यसमा बाच्नुपर्छ, महशुश गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment