Comments Add Comment

नेयमारलाई बार्सिलोनामै राख्ने प्रशिक्षक भाल्भर्डेको चाहना

प्रशिक्षक एनेष्टो भाल्भर्डेले ब्राजिलियन स्टार नेयमारलाई बार्सिलोनामै राख्ने इच्छा व्यक्त गरेका छन् ।

बार्सिलोनाका प्रशिक्षक जोसेप मारिया बार्टोमेउले नेयमार नबेच्ने बताएपनि पेरिस सेज्ट जर्मेन कीर्तिमानी १९९ मिलियन पाउण्ड खर्चिन तयार रहेको खबरहरु आइरहेको छ ।

पि्र सिजन टुरका क्रममा युभेन्टसविरुद्ध दुई गोल गर्दै बार्सिलोनालाई २-१ को जित दिलाएकाले नेयमारले सञ्चारकर्मीहरुसँग कुराकानी गरेनन् । तर, प्रशिक्षक भाल्भर्डेले भने, ‘हामी चाहन्छौं कि नेयरमा हामीसँगै होउन् ।’

उनले अघि भने, ‘मैदानमा उनको आवश्यकता र उनले ड्रेसिङ रुममा के गर्छन् भन्ने हामीलाई थाहा छ ।’

नेयमार २०१३ मा ब्राजिलियन क्लब सान्तोषबाट बार्सिलोना आएका थिए र, उनको सम्झौता २०२१ सम्म छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment