Comments Add Comment

जापानमा घाटाको व्यापार गर्दैछ नेपाली चलचित्र

नेपालमा चलेका चलचित्र पनि चल्दैनन् जापानमा

२३ जुलाई, टोकियो । जापानमा नेपाली चलचित्रको प्रदर्शन फष्टाउँदै गएतापनि हालसम्म कुनै पनि चलचित्रले उत्साह जनक व्यापार भने गर्न सकिरहेका छैनन् । ‘प्रेमगीत’, ‘लुट-२’, ‘छक्का-पञ्जा’जस्ता सफल चलचित्रले पनि यहाँ सन्तोषजनक व्यापार गर्न सकेनन् ।

२/३ वर्षअघिसम्म चलचित्र निर्माताहरुले जापानमा चलचित्र प्रदर्शनको जिम्मा गुपचुपमै आफू निकटका व्यक्तिहरुलाई दिने गरेको पाइन्छ । जसका कारण चलचित्रले कति व्यापार गर्‍यो भन्नेे थाहा पाउन निर्मातालाई धेरै मुश्किल पथ्र्यो ।

जापानमा प्रायः ३०० देखि ५०० जनासम्मको क्षमता भएको हलमा चलचित्र प्रदर्शन गरिने भएपनि चलचित्र हेर्न आउने दर्शक भने ज्यादै न्यून देखिन्छन् । जसबाट आयोजकलाई फाइदा त परैको कुरो आफ्नो खर्च समेत उठाउन धौधौ छ ।

तर पनि जापानमा चलचित्र प्रदर्शनको माग बढिरहेको यहाँका आयोजकहरु बताउँछन् ।

आयोजक आफन्त भएमात्र हेर्न जान्छन दर्शक

एउटा अनौठो त के छ भने यहाँका दर्शकहरुले चलचित्र हेर्नुपूर्व आयोजक को भन्ने सवाल उठाएको धेरै पाइन्छ ।

आफू निकटको आयोजक भएमात्र चलचित्र हेर्न जाने नत्र वास्तै नगर्ने अनौठो रोग यहाँका दर्शकमा छ भन्ने प्रष्ट बुझिन्छ ।

तर, केहीबर्ष यताचलचित्र वितरकले नै अन्तर्राष्ट्रिय प्रदर्शनको सम्पूर्ण जिम्मा लिने हुँदा राम्रो चलचित्र ल्याउन आयोजकलाई थप सकस परिरहेको छ ।

एकातिर ज्यादै न्यून दर्शकको उपस्थितीको पीडा अर्कोतर्फ वितरकको चर्को मूल्यले आयोजकलाई टाउको दुखाईको बिषय बन्ने गरेको छ ।

पैसा, समय र व्यस्तता एकातिर भएपनि यर्थाथमा आयोजकको भन्ने सवालका कारण थुप्रै चलचित्रले व्यापार गर्न नसकेको प्रष्ट छ ।

प्रविधिको बिकाससँगै राम्रो र उत्कृष्ट चलचित्रहरु बनिरहँदा आगामी दिनहरुमा पनि ती चलचित्रले जापानमा स्थान पाउनु पर्नेमा धेरै चलचित्रप्रेमी दर्शकहरुको ठम्याईं छ ।

त्यसैले राम्रो व्यवस्थापनसहित आयोजकले सम्पूर्ण दर्शकहरुलाई समेट्न सक्ने हो भने जापानमा चलचित्रको व्यापारले फड्को मार्ने सम्भावना प्रबल देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment