Comments Add Comment

के कपिल शर्मा डिप्रेशनमा छन् ?


के भारतका चर्चित कमेडियन कपिल शर्मा डिप्रेशनको शिकार भएका हुन् । भारतको चर्चित अनलाइन दैनिक भाष्करको समाचारमा उनी डिप्रेशनको शिकार भएको उल्लेख गरिएको छ ।

वुधबार जब चलचित्र ‘मुबारकाँ’को टिम कपिलको कमेडी शो ‘द कपिल शर्मा शो’को प्रमोशनका लागि पुगेको थियो, कपिल उपस्थित थिएनन् । नायक अनिल कपुर, अर्जुन कपुर, इलियाना डीक्रुज र आथिया सेट्टी चलचित्र प्रमोशनका लागि कपिलको सेटमा पुगेका थिए ।

तर, ४ घन्टासम्म पनि शोको सुटिङ सुरु भएन । कारण थियो, कपिलको विग्रिएको स्वास्थ्य अवस्था । कपिल आफैले आफ्नो स्वास्थ्य ठिक नभएको भन्दै चलचित्रको टिमसँग कुरा गरेका थिए । यसैले, शो सुटिङ नगरि कलाकार फर्किए ।

कलाकार फर्किएपछि कपिलमाथि सामाजिक संजालमा थुप्रै आरोप लगाइएको थियो । कपिललाइ धेरैले अव्यवसायिक, घमण्डी भनेर आरोप लगाए । तर, कपिलमाथि लागेको आरोपको खण्डन गर्दै उनकी बहिनी पूजा देवगण मिडियामाझ आएकी छिन् ।

उनले भनेकी छिन्-‘अहिले कपिल आफ्नो विग्रदो स्वास्थ्य अवस्थासँग जुधिरहेका छन् । उनी कामको पुरा सम्मान गर्छन् ।’ पूजाका अनुसार उनी डिप्रेशनसँग जुधिरहेका छन् । तर, उनले यो कुरा परिवारलाई बताएका छैनन् । केही दिन अगाडि पनि कपिलको शरीरमा सुगरको कमी र ब्लड प्रेसरमा समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment