Comments Add Comment

५० बर्षमा पनि कसरी आकर्षक र जवान ? यस्तो छ अक्षय कुमारको फिटनेस फर्मुला

उनी हरेक बिहान घाम उदाएसँगै उठ्छन्


बलिउडका ‘खिलाडी’ अक्षय कुमार कसरी यत्तिका उमेरसम्म पनि उत्तिकै जवान र तन्दुरुस्त देखिएका होलान् ? निसन्देह यो उनको खानपान र दिनचर्याले गर्दा हो । भनिन्छ, अक्षय कुमार राती अबेरसम्म कहिल्यै बस्दैनन् । बिहानको झुल्के  घामसँगै ओछ्यान छाड्छन् । यस्तै नियमित दिनचर्यासँगै खानपानले उनलाई सधै स्वस्थ्य र फुर्तिलो बनाएको हो ।

कतिबेला सुत्छन्, कतिबेला उठ्छन् ?

अक्षय कुमारको फिट बडीको फर्मूला यो पनि हो कि, उनी हरेक बिहान घाम उदाएसँगै उठ्छन् । साथै साँझ घाम अस्ताउनुअघि खाना खाइसक्छन् । उनको दिनको सुरुवात साढे पाँच बजेबाट हुन्छ । उनको साँझको खाना साढे ७ बजेभन्दा अघि हुन्छ । रातको ९ बजे अक्षयकुमार ओछ्यानमा पुगिसकेका हुन्छन् । लेट नाइट पार्टीमा उनी सहभागी हुन पटक्कै रुचाउँदैनन् ।

न जिम जान्छन्, न तालिम लिन्छन्

अधिकांश बलिउडकर्मी जिममा मसल्स बनाउँछन् । त्यही अक्षय कुमारको फिटनेस फर्मुला अलिक फरक छ । उनी आफ्नो बडीलाई फिट राख्नका लागि जिम जाँदैनन् । बरु, किक बक्सिङ र श्याडो बक्सिङको अभ्यास गर्छन् । उनी नियमित योग गर्छन् । यसका साथै बास्केटबल खेल्न र ट्रेकिङ गर्न रुचाउँछन् ।

रात्री पार्टीमा छैन रुची

अक्षय कुमार राती अबेरसम्म बस्न रुचाउँदैनन् । किनभने उनको सुत्ने र उठ्ने तालिका एकदमै नियमित छ । यहि तालिका बिग्रने भयले उनी रात्री पार्टीहरुमा सहभागी हुँदैनन् ।

नियमित कसरत र सन्तुलित आहार

अक्षय कुमारको जीवनको मन्त्र हो, अनुशासित जीवन शैली, नियमित कसरत र सन्तुलित आहार । उनले यहि मन्त्रलाई आत्मसात गरेका छन् । नियमित व्यायाम गर्छन् र सन्तुलित एवं स्वस्थ्य खानेकुरा सेवन गर्छन् । यसका साथै उनी बिहानको झुल्कदो घाम हेर्न चाहन्छन् ।

पौडी र मार्शल आर्ट

अक्षय कुमारलाई फिट एन्ड फाइन राख्नमा पौडी र मार्शल आर्टले पनि सहयोग गरेको छ । त्यसो त उनी मार्शल आर्टका खेलाडी समेत हुन् । उनी हरेक बिहान नियमित रुपले एक घण्टा पौडी खेल्छन् । र, मार्शल आर्टको अभ्यास गर्छन् । यसका साथै उनी योगा र स्ट्रेचिङ एक्सरसाइज गर्छन् ।

मदिरा र धुमपानबाट टाढा

अक्षय कुमार मदिरा र धुमपान सेवन गर्दैनन् । त्यस्तै चिया र कफीबाट प्राप्त हेन क्याफिन र किकोटिन पनि उनी लिन चाहँदैनन् ।

घरको खाना

अक्षय कुमार घरमा बनाएको खानेकुरा रुचाउँछन् । रमाइलो त के भने उनी डाइटिङ गर्दैनन् र सबै कुरा खान्छन् । तर, कुनै कारणले ढिलो डिनर गरेका छ भने आरमले सुत्न सक्दैनन् ।

पाउडर वा शेकको सेवन नगर्ने

अक्षय कुमार कुनै प्रकारका सप्टिमेन्ट पाउडर वा शेकको साहारा लिदैनन् । उनी ठान्छन् कि फिजिकल फिटनेेसका लागि सबैभन्दा राम्रो त प्राकृतिक बस्तुको साहारा लिनु हो ।

अक्षय कुमारको डाइट चार्ट


अक्षय कुमार चुरोट, मदिरा, चिया, कफी सेवन गर्दैनन् । उनी आफ्नो दिनको सुरुवात विहान ५ बजे योग र व्यायामबाट गर्छन् । आहारमा उनी सन्तुलित खानेकुरा लिन्छन् ।

– नास्तामा एक गिलास दुध र पराठा सेवन गर्छन् । यो दिनको सबैभन्दा हेभी खाना हुन्छ ।

– मध्यन्हमा नास्ताको रुपमा फल, ड्राइ फुड्स, मिक्स भेज खान्छन् । किनभने यो स्वस्थ्य हुनका साथै पौष्टिक पनि हुन्छ ।

– साँझको खानामा रोटी, दाल, सब्जी, दही वा उसिनेको चिकेन सेवन गर्छन् ।

– रातको खाना उनी सादा रुचाउँछन् । शरीरलाई पौष्टिक राख्नका लागि सूप र सब्जी सेवन गर्छन् । खाना खाएको दुई घण्टापछि ओछ्यानमा पुग्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment