Comments Add Comment

एनआरएनए बहराईनको अध्यक्षमा पुन निर्वाचित

२३ जुलाई, बहराईन । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) बहराईनको अध्यक्षमा म्याग्दीका लालप्रसाद पुन निर्वाचित भएका छन् ।

म्याग्दीको मंगला गाउँपालिका-२ बावियाचौर घर भई हाल बहराईनमा रहेका एनआरएनए बहराईनका निवर्तमान प्रथम उपाध्यक्ष समेत रहेका पुन छैटौँ अधिबेसनबाट अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

म्याग्दी उद्दार समिति बहराईनको पूर्व अध्यक्ष तथा वर्तमान प्रमुख सल्लाहकार समेत रहेका पुन जिल्लाको विभिन्न सामाजिक क्षेत्रमा आर्थिक संकलनका लागि बहराईनमा थालिने अभियानहरुमा सक्रिय भूमिका खेल्दै आएका छन् ।

अधिबेशनबाट समितिको उपाध्यक्षमा तेजराम सापकोटा, शेर बहादुर राउत र नारायण उप्रेती निर्वाचित भएका छन् ।

त्यसैगरी महिला उपाध्यक्षमा लक्ष्मी गिरी, महासचिबमा प्रेमबहादुर क्षेत्री, सचिवमा अजय गुरुङ, कोषाध्यक्षमा राजाराम सुबेदी, सहसचिवमा शिव शंकर आचार्य, युवा संयोेजकमा अमर श्रेष्ठ, महिला संयोजकमा पुष्पा श्रेष्ठ प्रजा, खेलकुद संयोजकमा कमलप्रसाद घिमिरे, पर्यटन प्रवर्द्धन संयोजकमा राजेश गुरुङ, सांस्कृतिक संयोजकमा टेकबहादुर महत असिम, कल्याणकारी कोष संयोजकमा पुरण केसी चयन भएका छन् ।

यस्तै सदस्यहरुमा अन्जु बिक, दिपबिक्रम राणा, अनिल श्रेष्ठ र पदमकुमार गुरुङ निर्बिरोध चयन भएका छन् ।

नवनिर्वाचित एनआरएनए बहराईनका अध्यक्ष पुनले बहराईनमा रहेका नेपाली कामदारहरुमा देखिएको समस्या समाधानमा लाग्ने आफ्नो प्रमुख कार्यभार रहेको बताए ।

उनले बहराईनमा पुग्ने कामदारहरुमा देखिने समस्या समाधान गर्ने, अलपत्र रहेका कामदारहरुलाई स्वदेश फिर्ताको लागि पहल गर्ने, भैपरी आउने आपतविपतमा सहयोग गर्ने जस्ता कार्यहरुलाई समेत अफूले प्राथमिकतामा राखेर काम गर्ने बताउँदै सामाजिक सेवाको क्षेत्रलाई समेत संगसंगै अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् ।

अधिवेशनबाट आईसिसी सदस्यमा कमल श्रेष्ठलाई चयन गरिएको छ ।

कार्यक्रम नेपाली राजदुतावासका कार्यबहाक राजदुत खगराज पाण्डेको प्रमुख आतिथ्यता र महासचिव राजकुमार बस्नेतको सहजिकरणमा सम्पन्न भएको हो ।

एनआरएनए बहराईनको अधिबेशनमा एनआरएनका मध्यपूर्व क्षेत्रीय संयोजक डीबी क्षेत्रीको बिशेष उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment