Comments Add Comment

बजार वृद्धिको प्रयासमा, १ अर्बको कारोबार


८ साउन, काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक बढ्ने प्रयासमा देखिएपनि सफल हुन सकेन ।
नेप्सेमा सूचीकृत कम्पनीहरुले नाफा सहितको वित्तीय विवरण प्रकाशित गरिरहेपछि बजार बढ्ने प्रयासमा देखिएको हो ।

यद्यपी गत वर्षअरुमा चैतबाट नै वृद्धिको दिशामा देखिने बजार आर्थिक वर्षसमाप्त पछि पनि बढ्न सकेको छैन् ।
हकप्रद, बोनस सेयर, नयाँ सेयर लगायतको कारण बजारमा बढ्दै गएको आपुर्तीको चाप, बैंक तथा वित्तीय संस्थाबाट जारी हुने सेयर धितोमा कर्जामा अझै कडाई, निक्षेपमा ८ प्रतिशतदेखि ११.५० प्रतिशत व्याज दर अफरले पनि बजारलाई प्रभाव पार्दै आएको छ ।

बजार बढ्ने प्रयासमा रहेको भएपनि अपेक्षित वृद्धि भने हासिल गर्न सकेको छैन् । कम्पनीहरुबाट घोषण हुने प्रतिफल पाउने दिन नजिकिदै जादा बजारमा बिक्री गर्नुभन्दा होल्ड गर्नु सही हुने विश्लेषकहरु बताउछन् । नयाँ लगानी गर्नेले राम्रो प्रतिफलको सम्भावना भएका कम्पनीहरु छनौट गर्नुपर्ने उनीहरुको सुझाव छ ।

बजार बढ्दा सबै कम्पनीहरु एकोहोरो बढ्ने गरेको भएपनि बजार उच्च स्थानमा नै रहेकोले कम्पनी छनौटमा ध्यान दिन विश्लेषकहरु सुझाउछन् ।

‘गत साता कारोबारमा १ सय ५० कम्पनी आउथे भने १ सय २५ देखि १ सय ३० वटासम्मको मूल्य बढेको देखिन्थ्यो, बढ्दा सबै बढेपनि घट्दा भने कमजोर कम्पनीको मूल्य धेरैले घट्न थाल्ने भएकोले यसमा ध्यान दिनुपर्छ,’ एक विश्लेषकले भने ।

तर, बजार वृद्धिको प्रयासमा रहेको र कुनै न कुनै ‘गुड न्युज’ले बजार केही समय बढाउन सक्ने अनुमान उनीहरुको छ ।
यस दिन नेप्से ०.१९ अंकले घटेर १६३५ मा सिमित भएको छ । बजार परिसूचकमा भएको यत्तिको फरकलाई बजार स्थिर रहेको रुपमा लिइने चलन छ ।

बजारले निश्चित दिशा समात्न नसकेपछि यस्तो देखिएको हो । तर, यसदिन भएको १ अर्बको सेयर कारोबारले भने लगानीकर्ताहरुले खरिददारी बढाइरहेको संकेत गरेको छ ।

यसदिन बिमा कम्पनीहरुको मूलय बढेपछि यो समूहको परिसूचक भने ३ प्रतिशतले वृद्धि भएको छ । चुक्ता पुँजी वृद्धिको योजना सार्वजनिक भइरहेकोले यो समूहका कम्पनीहरुको मूल्य बढ्न थालेको हो ।

यस दिन कारोबार रकमका आधारमा रहेका प्रमुख १० कम्पनीमा ८ कम्पनी बिमा कम्पनी परेका छन् । होटल, विकास बैंक र उत्पादन मुलक समूहको परिसूचकभने झिनो दरले वृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment