Comments Add Comment

सप्तरीका बाढी पीडितलाई नेविसंघको राहत


८ साउन, सप्तरी । तिरहुत गाउँपालिकाका बाढीपीडितलाई नेपाल विद्यार्थी संघले राहत वितरण गरेको छ ।

नेविसंघ प्रदेश नं २ को संयोजनमा आइतबार लाखौं रुपैयाँ बराबरको खाद्यान्न,लत्ताकपडा वितरण गरिएको संघका उपाध्यक्ष सञ्जय यादवले बताए ।

संघले संयोजन गरेको एक दिने स्वास्थ्य शिविर तथा राहत वितरण कार्यक्रममा कांंग्रेस केन्द्रीय सदस्य विश्वप्रकाश शर्मासहितको टोली विशेषज्ञ चिकित्सकसहित करिब ७ लाख बराबरको औषधी लिएर तिरहुत पुगेका छन् ।

प्रथम राष्ट्रिय स्वास्थ्य महोत्सव गरिसकेको सोे टोलीले सप्तरीका बाढीपीडितका लागि करिब ७ लाख बराबरको औषधी वितरण गरेको शर्माले बताए ।

टोलीमा १२ जना विशेषज्ञ चिकितसक ४ जना स्वास्थ्यकर्मी, ७ जना स्वयंसेवी सहभागी छन् । स्वास्थ्य शिविरमा करिब २ हजारल जनाले लाभ उठाएका छन् ।

बाढी पीडितले स्वास्थ्य परीक्षण गराएका छन् भने विभिन्न रोगको औषधी समेत लगेका छन् । साँझ ७ बजेसमम चल्ने शिविरमा करिब २ हजारले स्वास्थ्य सुविधा लिने आयोजकको अनुमान छ ।

बाढी पीडितको घाउमा मलम लगाउन औषधी लिएर तिरहुत पुगेका शर्माले अहिले मधेशलाई मलमको आवश्यक्ता रहेको बताए ।

बाढीले ल्याएको समस्यामा सबैले मिलेर मलम लगाउनु पर्ने भन्दै उनले भने, ‘मधेशले मलम खोजेको छ । राजनीतिक रुपमा पनि मेडिकल्ली पनि मलम बोकेर जाँदा खुला Åदयले स्वागत पायौं ।’

बाढी पीडितका पीडामा जस्तै मधेसलाई राजनीतिक रुपमा पनि मलम लिएर कांग्रेस मधेसमा झर्ने शर्माको भनाइ छ ।

नेविसंघका उपाध्यक्ष सञ्जय यादवको संयोजकत्वमा ‘एउटा नेपालीलाई दुख पर्दा अर्कोले साथ दिनुपर्छ, पार्टी,जाती भन्दा माथी उठी सहयोगी हातहरु जुट्नुपर्छ,’ अभियाननै सञ्चालन गरेर राहत संकलन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment