Comments Add Comment

उषा अब निर्मात्री, बन्ने भयो ‘आउँदै जादै’


पूर्व मिस नेपाल माल्भिका सुब्बाले चलचित्र निर्माण गरेको करिब डेढ बर्षपछि अब अर्की पूर्व मिस नेपाल पनि निर्मात्री बन्ने भएकी छिन् । पूर्व मिस नेपाल उषा खड्गीको प्रस्तुतीमा नयाँ चलचित्र बन्ने भएको छ । उषाका श्रीमान् जीपी तिमिल्सिनाको निर्देशनमा बन्न लागेको नयाँ चलचित्रको नाम ‘आउँदै जादै’ राखिएको छ ।

यो चलचित्रको कलाकार फाइनल गरिएको छैन । तर, पत्रकार सम्मेलनमा सबै कलाकार नयाँ हुने जानकारी दिइयो । १ करोड बजेटमा बन्ने भनिएको चलचित्रको छायांकन नेपाल र अष्ट्रेलियामा हुनेछ ।

कौशल्या फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्रका निर्माता मनोजलाल श्रेष्ठ हुन् । चलचित्रमा सामिप्यराज तिमिल्सिनाको पटकथा तथा संवाद रहनेछ । वसन्त अधिकारी चलचित्रका मुख्य सहायक निर्देशक हुन् ।

यो चलचित्र पूर्ण रुपमा प्रेमकथामा निर्माण हुने निर्देशक तिमिल्सिनाले पत्रकार सम्मेलनमा जानकारी दिए । चलचित्रका शिर्ष गीत नरेश भट्टराइले लेख्नेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment