Comments Add Comment

विश्व च्याम्पियनसिपमा दुई नेपाली पौडीबाजद्वारा राष्ट्रिय कीर्तिमान कायम

८ साउन, काठमाडौं । युवा पौडीबाज शुभम श्रेष्ठ र अनुभव सुब्बाले हंगेरीमा जारी विश्व पौडी च्याम्पियनसिपमा नयाँ राष्ट्रिय किर्तीमान बनाएका छन् ।

हंगेरीको बुढापेष्टमा जारी विश्व च्याम्पियनसिपमा शुभमले १ सय मिटर ब्याकस्ट्रोक र अनुभवले ५० मिटर फटरफ्लाइमा नयाँ कीर्तिमान कायम गरेका हुन् ।

१ सय मिटर ब्याकस्ट्रोकको हिट चरणमा छैटौं भएपनि शुभमले ११.३ सेकेण्डको समय निकाल्दै एलिस श्रेष्ठको कीर्तिमान आफ्नो नाममा लेखाए । एलिसको १२.३९ सेकेण्डको कीर्तिमान थियो ।

त्यस्तै ५० मिटर बलरफ्लाईमा अनुभवले ०.१७ सेकेण्डले राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाए । उनले चन्द्रसिंह महतोेको २८.४३ सेकेण्डलाई माथ गर्दै २८.२६ सेकेण्डमा निर्धारित दूरी पूरा गरेर रेकर्ड बनाएका हुन् । हिट चरणमा चौथो भएपछि अनुभव पनि अर्को चरणमा छनौट हुन सकेनन् ।

विश्व पौडी च्याम्पियनसिपमा नेपालबाट दुई महिला र दुई पुरुष गरी चार खेलाडीको सहभागिता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment