Comments Add Comment

नर्मल डेलिभरी भर्सेस सिजेरियन डेलिभरीः कुन बढी जोखिम र पीडादायी ?


बच्चा जन्माउनु अर्थात आमा हुनु पक्कै सुखद एवं दुर्लभ अवसर हो । यद्यपी यो पीडादायक पनि हुन्छ । र, कतिपय अवस्थामा निकै जोखिमपूर्ण पनि । कहिले कहिं स्वास्थ्यमा अनपेक्षित समस्या आइलाग्छ, त्यसबेला गर्भको बच्चा र आमा दुबै जोखिममा पर्छन् । त्यसैले संभावित जोखिमबाट बच्नका लागि गर्भवतीले विशेष सर्तकता अपनाउनु पर्छ ।

अहिले बच्चा जन्माउन दुई विधी प्रचलनमा छन्, सामान्य प्रसव र सिजेरियन शल्य चिकित्सा । खासगरी सामान्य प्रसव हुन नसक्ने अवस्थामा सिजेरियन शल्या चिकित्साको विकल्प अपनाउनु पर्छ । गर्भवतीको स्वास्थ्य ठीक नभएको अवस्थामा पनि सिजेरियन शल्य चिकित्सा अपनाइन्छ । समयभन्दा अगाडि नै बच्चा जन्माउनुपर्ने अवस्था वा सामान्यभन्दा ठूलो बच्चा जन्माउनुपर्ने अवस्थामा सिजेरियन शल्या चिकित्साको भर पर्नुपर्ने हुन्छ ।

कुन अवस्थामा सिजेरियन डेलिभरी ?

कतिपय अवस्थामा सिजेरियन शल्या चिकित्सालाई उत्तम मानिन्छ, जब सामान्य प्रसव जटिल बन्छ । यो यस्तो शल्याक्रिया हो, जसमा गर्भवतीको पेट चिरेर उनको गर्भाशयबाट बच्चा निकालिन्छ । जबकी यो प्रक्रियाभन्दा योनी प्रसव बढी पीडादायी हुन्छ । यद्यपी योनी प्रसव प्राकृतिक विधी भएकाले यसलाई उत्तम मानिन्छ । संयुक्त राज्य अमेरिकामा तीन बच्चामध्ये दुई बच्चा योनी प्रसवबाटै जन्म लिन्छन् ।

आमाको  लागि सामान्य प्रसवको फाइदा

– चोट वा संक्रमणको भय कम हुने ।

– चाडै सामान्य अवस्थामा र्फकने ।

– चाडै बच्चाको सम्पर्कमा आउन सक्ने ।

– तुरुन्तै बच्चालाई स्तनपान गराउन सक्ने ।

योनी प्रसव एक लामो प्रक्रिया हो, जो शारीरिक रुपले कठिन पनि हुन्छ । यसमा आमाले धेरै श्रम गर्नुपर्छ । यद्यपी यसरी सामान्य प्रसव भएपछि सिजेरियन शल्या चिकित्साको तुलनामा चाडै स्वस्थ्य हुन्छन् । अस्पतालमा धेरै समय बस्नु पर्दैन ।
यस्तो अवस्थामा कतिपय जोखिम पनि मोल्नुपर्दैन, जुन शल्या चिकित्साको क्रममा हुने गर्छ । जस्तो कि, गंभिर रक्तश्राव, जलन, संक्रमण, लामो समयसम्म स्थायी दुखाई । सामान्य प्रसवपछि आमाले चाडै बच्चालाई खेलाउन, बोक्न, स्तनपान गराउन सक्छिन् ।

सामान्य प्रसवको जोखिम

सामान्य प्रसवमा योनी आसपासको छाला तन्कने वा च्यातिने हुनसक्छ । त्यस्तो अवस्थामा टाका लगाउनुपर्ने पनि हुन्छ । यसले गर्दा पिसाब गर्दा सावधानी अपनाउनुपर्छ, किनकी त्यस आसपासको मांशपेक्षी कमजोर हुन्छ । केहि अध्ययनबाट के पनि थाहा भएको छ भने, सामान्य प्रसवपछि महिलाहरुमा पिसाब चुहिने संभावना धेरै हुन्छ ।

बच्चाका लागि कति फाइदाजनक ?

सिजेरियन शल्या चिकित्साबाट जन्मिएको बच्चाको तुलनामा सामान्य प्रसवबाट जन्म लिने बच्चा चाडै आमाको सम्पर्कमा रहन सक्छन् । साथै स्तनपान पनि चाडै सुरु गर्न सक्छन् ।

सामान्य प्रसवबाट बच्चा जन्मने क्रममा उनीहरुको फोक्सो निचोरिने संभावना हुन्छ, जसले जन्मपछि श्वासप्रश्वासमा सहयोग गर्छ । यस्तो बच्चाले राम्रो जीवाणुको प्रारम्भिक खुराक पनि प्राप्त गर्छन् । यसले बच्चाको प्रतिरक्षा प्रणाली बलियो बनाउन सहयोग गर्छ ।

आमाको लागि सिजेरियन डेलिभरीको फाइदा

– लामो समय पीडा झेल्नु नपर्ने ।

– अतिरिक्त जोखिम मोल्नु नपर्ने ।

यदि कुनै महिला सामान्य प्रसवबाटै बच्चालाई जन्म दिन सक्छिन् भने उनका निम्ति सिजेरियन डेलिभरीको खास फाइदा छैन ।

यद्यपी असामन्य अवस्थामा सिजेरियन डेलिभरी गराउनुपर्‍यो भने, त्यो सामान्य डेलिभरी जस्तो पीडादायी नहुन सक्छ । साथै यो सुरक्षित पनि हुन्छ ।

सिजेरियन डेलिभरी सजिलो भएपनि यो त्यती राम्रो होइन । किनभने सिजेरियन डेलिभरीपछि महिलाले शारीरिक समस्या झेल्नुपर्छ । उनीहरुमा संक्रमणको अधिक भय हुन्छ । शल्याक्रियाको क्रममा पेट र मूत्राशयमा रगतको ढिक्का जम्न सक्छ । चिरिएको स्थानमा लामो समयसम्म दुखिरहन्छ । सिजेरियन डेलिभरीपछि चिरिएको दाग मेटाउन गाह्रो हुन्छ ।

बच्चाका लागि कति फाइदाजनक ?

सिजेरियन डेलिभरीपछि बच्चालाई दम जस्ता श्वासप्रश्वास सम्बन्धि समस्या हुनसक्छ । केहि अध्ययनबाट थाहा भएको छ कि, यसरी जन्म लिने बच्चा मोटोपनले ग्रस्त हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment