Comments Add Comment

रामचन्द्रलाई केशव बुढाथोकीको चुनौतीः युवालाई हस्तान्तरण गर्ने हिम्मत छ ?

 

फाइल तस्वीर

८ साउन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशव बुढाथोकीले आफू अब चुनाव नलड्ने बताएका छन् ।

साथै उनले पार्टीका शीर्ष नेताहरुलाई युवालाई नेतृत्व हस्तान्तरण गर्ने हिम्मत छ भनेर प्रश्न गरेका छन् ।

केन्द्रीय कार्यसमितिको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू र शेरबहादुर देउवा दुबैले ७० कटेको भन्दै युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नु पर्ने बताएका थिए ।

आइतबारको बैठकमा बोलेका नेता बुढाथोकीले भने, ‘म ७२ वर्षको भएँ । नेताहरु म भन्दा २ वर्ष जेठो हुनुहुन्छ होला । मेरो जीऊ पनि अझै खाइलाग्दो नै छन । चुनाव फेरि लड्न पनि सक्छु ।’

तर, आफूले गत संविधानसभा चुनावमा नै फेरि उम्मेदवार बन्दिँन भनेको सुनाउँदै उनले नेताहरुलाई प्रश्न गरे, ‘युवाहरुलाई नेतृत्व हस्तान्तरण गर्छु भनेर मात्र होइन । हिम्मत छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment