Comments Add Comment

डडेलधुराको परशुराम नगरपालिकामा विपद् पूर्वतयारी सामग्री हस्तान्तरण

८ साउन, डडेल्धुरा । जिल्लाको प्राकृतिक विपद्को दृष्टिले अति संवेदनशील तथा संकटासन्न क्षेत्र मानिने परशुराम नगरपालिकामा विपद् पूर्वतयारीका सामग्रीहरु हस्तान्तरण गरिएको छ ।

विभिन्न किसिमका प्राकृतिक प्रकोपको सामना गर्न र सम्भावित विपद्लाई न्यूनीकरणका लागि आइतबार सामग्री हस्तान्तरण गरिएको हो ।

जिल्लामा पहल कार्यक्रम संचालन गर्दै आइरहेको ग्रामीण महिला विकास तथा एकता केन्द्र रुडुक डडेल्धुराले उक्त कार्यक्रममा खोज उद्दारका लागि आवश्यक सामानहरु हस्तान्त्रण गरिएको हो ।

रुडुक डडेल्धुराले गैटी, बेल्जा, परुवा, साबेल, घन, थ्रो ब्याग, त्रिपाल, सिट्टी, माईक, स्टेचर, रेनकोट, टर्चलाईट, ट्युव लगायतका १९ किसिमका सामग्रीहरु परशुराम नगरपालिकाको विपद् व्यवस्थापन समितिका उपसंयोजक तथा नगरपालिकाका उपप्रमुख कलावती बोहरालाई हस्तान्तरण गरेको छ ।

प्राप्त खोज उद्दार सामग्रीलाई यस क्षेत्रको अति नै संकट ग्रस्त क्षेत्रमा प्रयोग गर्ने र आगामी दिनमा बस्ती स्तरसम्मै खोज उद्दार सामग्री पुर्‍याउने लक्ष्य रहेको र यसमा सबैले साथ दिनुपर्ने उपप्रमुख बोहराले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment