Comments Add Comment

खाल्डोमा परी मृत्यु भएकी बालिकाको परिवारलाई १० लाख क्षतिपूर्ति

८ साउन, दार्चुला । शैल्यशिखर नगरपालिका १ बलाँचमा पानीको खाल्डोमा परी मृत्यु भएकी बालिकाको परिवारलाई चमेलिया जलविद्युत् आयोजनाले १० लाख रुपैयाँ क्षतिपूर्ती दिने सहमति भएको छ ।

आइतबार चाइना गेजुवा ग्रुप पावर अफ कम्पनी, पीडित पक्ष र प्रहरी प्रशासनको त्रिपक्षीय वार्तापछि क्षतिपूतर्ति बाफत आयोजनाले १० लाख रुपैयाँ दिने सहमति भएको बलाँच प्रहरी चौकीका प्रहरी नायब निरीक्षक लोकेन्द्र बहादुर सिंहले जानकारी दिए ।

बलाँचमा निर्माणाधिन चमेलिया जलविद्युत् आयोजनाको निर्माणका लागि आवश्यक ढुङ्गा, गिट्टी निकालेर बनेको खाल्डोमा भरिएको पानीमा डुबेर बालिकाको मृत्यु भएपछि परिवार र स्थानीयले क्षतिपूर्तिको माग गर्दै बिरोध गरेका थिए ।

चाइना कम्पनीले निर्माण सामग्री निकाल्दा बनेको खाल्डोमा परी शनिबार बजार जाँदै गरेकी बलाँचका हर्कबहादुर खडायतकी १० बर्षीया छोरी अनिसा खडायतको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment