Comments Add Comment

‘धुलोले मान्छे चिन्नै नसक्ने भयो’ भन्दै सर्वोच्चमा रिट


८ साउन, काठमाडौं । जनकपुर भिठामोड सडक निर्माण पूरा गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

अधिवक्ता दिपेन्द्र झाले आइतबार सर्वोच्चमा दायर गरेको रिटमा सडक निर्माण गुणस्तरीय र युद्धस्तरमा गर्न अन्तरिम आदेशको माग गरिएको छ । साथै हुलाकी राजमार्गमा भएका खाल्डाखुल्डी पूर्न र अस्थायी ग्राभेलिङ भएको छुट्टै सडक बनाउन अन्तरिम आदेश पनि माग गरेका छन् ।

जनकपुर भिठामोड सडक ३६ महिनामा निर्माण सक्ने गरी सरकारले गत भदौ २३ मा प्रतिभा वापीजेभी तथा आषीश पप्पु रोशन जेभीलाई ठेक्का दिएको थियो । तर, झण्डै १९ किलोमिटर लामो सडक भत्किएको र चार फिटसम्म ठूलो खाल्डा बनेको रिटमा उल्लेख छ । ‘सडकमा यात्रा गर्ने मानिस चिन्नै नसक्ने गरी धुलाम्मे हुने गरेको छ’ रिटमा भनिएको छ ।

रिटमा सडक निर्माण गर्दा ग्राभेलसहितको बैकल्पिक बाटो बनाउनु पर्ने, हिलो र धुलाबाछ बच्ने व्यवस्था हुनु पर्ने र निर्माणलाई तीव्रता दिन माग गरिएको छ । साथै तोकिएको समयमा काम नसेर निार्माण कम्पनीलाई कालो सूचीमा राख्नेदेखि अनुगमन गर्ने पदाधिकारीलाई काबाही हुने बाध्यात्मक अवस्था आउने गरी परमादेशको माग पनि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment