Comments Add Comment

टर्किस एयरलाइन्सले छान्यो तीन विजेता

८ साउन, काठमाडौं । हिमालयन जाभामा कफी खाँदा साम्लिङ कार्पेटका केशङ डोल्कारले लकि ड्रमार्फत टर्किस एयरलाइन्सको टिकट हात पारेका छन् ।

केहि समय अघि टर्किस एयरलाइन्सले हिमालयन जाभासँग मिलेर विभिन्न आकर्षक योजनाहरु सार्वजनिक गरेको थियो । त्यसअन्र्तगत एक जनालाई लकि ड्रबाट विदेश जाने टिकट उपलब्ध गराउने घोषणा गरेको थियो ।

जुलाई ४ देखि ११ तारिखसम्म हिमालयन जाभामा कफी खाने एक ब्यक्तिलाई विदेश जाने टिकट उपलब्ध गराउने टर्किस एयरलाइन्सको योजना बनाएको थियो ।

त्यसै अन्र्तगत लकि ड्रमार्फत केशङ डोल्कार चुनिएको टर्किस एयरलाइन्सले जानकारी गराएको छ ।

विजेता आफुले चाहेको देशमा जान पाउनेछन् । तर भिसाको व्यवस्था भने आफैले गर्नपर्छ । टर्किस एयरलाइन्सले आफुले उडान भर्ने देशमा उनलाई अब निःशुल्क लानेछ ।

अन्य आकर्षक योजनाहरु अझै बाँकी छन् । हिमालयन जाभाको बिल लगेर जानेले टर्किस एयरलाइन्सको टिकटमा पनि १० प्रतिशत पनि छुट पाउनेछन् ।

साथै टर्किस एयरलाइन्सको बोर्डिङ पास लगेर देखाएमा हिमालयन जाभामा पनि १५ प्रतिशत छुट पाइनेछ । तर बोर्डिङ पासको पाएको १ महिनाभित्र हिमालयन जाभामा सेवा लिनको लागि पुग्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment