Comments Add Comment

रुस मामिलामा अमेरिकी संसदले ट्रम्पको हात बाँध्यो

८ साउन, काठमाडौं । अमेरिकी संसदले रुपमाथि नयाँ प्रतिवन्ध लगाउने सम्वन्धी नयाँ कानुनमा सहमति जनाएको छ । यो प्रतिवन्ध रुसलाई दण्डित गर्ने उद्देश्यले ल्याइनेछ ।

रुसमाथि अमेरिकी राष्ट्रपति चुनावमा हस्तक्षेप गरेको आरोप छ ।

नयाँ कानुन अनसार राष्ट्रपति डोनाल्ड ट्रम्पको त्यो शक्तिलाई पनि सिमित गरिनेछ, जसको प्रयोग गरेर उनले रुसमाथि लागेको कुनै पनि प्रतिवन्ध फिर्ता लिन सक्थे ।

ट्रम्पले यसअघि नै भनेका थिए कि रुसको मामिलामा केही राजनीतिक छुट जरुरी छ । ट्रम्पले चुनावमा रुसले कुनै पनि प्रकारको हस्तक्षेप गरेको आरोप खण्डन गर्दै आएका छन् ।

रुसले पनि यो दाबी अस्वीकार गर्दै आएको छ । तर, अमेरिकी जाँच एजेन्सी भने ट्रम्पले चुनावको समयमा कुनै रुसी अधिकारीसँग साँठगाँठ गरे नगरेको पत्ता लगाउन जुटेका छन् ।

बीबीसीका अनुसार संसदमा भएको द्विदलीय सम्झौताले यो संकेत गर्छ कि अमेरिकी संसद रुसलाई लिएर निकै कठोर छ, चाहे ट्रम्पको नजरिया जे सुकै होस् ।

राष्ट्रपति ट्रम्पले चाहेको भए प्रतिवन्धसम्वन्धी कानुनमा भिटो प्रयोग गर्न सक्थे तर, उनले यस्तो गरेनन् । यदि यसो गरेको भए रुससँग निकटको सम्वन्ध रहेको आशंकामा थप बल पुग्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment