Comments Add Comment

अनुभव र शुभमको नयाँ राष्ट्रिय कीर्तिमान

८ साउन, काठमाडौं । नेपाली खेलाडी अनुभव सुब्बा र शुभम श्रेष्ठले हंगेरीको बुढापेस्टमा जारी १७ औं फिना विश्व पौडी च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

पुरुषतर्फ ५० मिटर बटरफ्लाइ २८.२६ सेकेन्डमा पूरा गर्दै अनुभवले राष्ट्रिय कीर्तिमान रचे । उनले सन् २००९ मा काठमाडौंमा भएको पाँचौं राष्ट्रिय खेलकुदको पौडीमा चन्द्रसिंह महतोले बनाएको २८.४३ सेकेन्डको कीर्तिमान् तोडे ।

त्यस्तै पुरुष १ सय मिटर ब्रेस्टस्ट्रोकमा कीर्तिमान बनाएका शुभमले निर्धारित दूरी तय गर्न १ मिनेट ११.३४ सेकेन्ड समय खर्चे । यसअघि १ मिनेट १२.२५ सेकेन्डको कीर्तिमान ओलम्पियन एलिस श्रेष्ठको नाममा थियो । एलिसले उक्त कीर्तिमान २००४ को एथेन्स ओलम्पिकमा बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment