Comments Add Comment

पत्रपत्रिकाका फ्रन्टपेजः हरेक नेपालीको थाप्लोमा २४ हजार राष्ट्रिय ऋण

९ साउन, काठमाडौं । सोमबार प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा विविध विषयहरु परेका छन् ।

प्रत्येक नेपालीको टाउकोमा २४ हजार ऋण पुगेको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकमा आधारित भएर केही पत्रिकाले सामग्री पस्केका छन् । राजधानी काठमाडौंका सडक समयमै बन्न नसक्नुको कारण पनि आजका पत्रपत्रिकाहरुले खोजेका छन् । भूकम्पपछि विद्यालय पुनःनिर्माणले गति लिन नसकेकादेखि मधेसमा पुनः पुरानो मुद्दा व्युँताइएकासम्मका खबर आजका पत्रपत्रिकामा छन् ।

गोरखापत्र दैनिकले आज नेकपा माओवादी केन्द्रले निर्वाचन प्रणाली र शाषकीय प्रणाली परिवर्तन गर्नुपर्ने निष्कर्ष निकालेको विषयसँगै कांग्रेस बैठकका गतिविधिलाई प्राथमिकताका साथ छापेको छ ।

प्रत्येक नेपालीको थाप्लोमा २४ हजार ऋण रहेको, लगानी सम्मेलनमा सम्बोधन गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आउन लागेको लगायत खबरलाई नयाँ पत्रिका दैनिकले पहिलो पृष्ठमा स्थान दिएको छ ।

राजधानी दैनिकले एक मधेस एक प्रदेशको पुरानो मुद्दा फेरि ब्युँताइएको लेखेको छ भने अन्नपूर्ण पोस्ट दैनिकले डा. गोविन्द केसी पुनः अनसन बस्न लागेको विषयलाई मुख्य खबर बनाएर छापेको छ ।

कान्तिपुर दैनिकले भूकम्पपछि विद्यालयको पुनःनिर्माण गति सुस्त भएको लेखेको छ ।

काठमाडौं उपत्यकाका सडक निर्माण हुन नसक्नुको कारण नागरिक दैनिकले खोजेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment