Comments Add Comment

१० लाखका घर खोरजत्रा !


९ साउन, काठमाडौं । क्याथोलिक रिलिफ सर्भिस (सीआरएस) ले गोरखामा १० लाख रुपैयाँ खर्चेर बनाएको खोरजत्रो घरको आलोचना भएपछि केही ठूलो घर बनाउन थालेको छ । परिमार्जित १६ वटा घर पनि आलोचनामुक्त भने भएका छैनन् ।

बुंकोटमा बनेको घर अनुगमन गरी फर्केका जिल्ला वन अधिकृत जीवनाथ पौडेलका अनुसार परिमार्जन गरे पनि ती घर प्रयोग गर्नलायक छैनन् । ‘गारोले ओगट्ने क्षेत्रफलभन्दा कोठा साँघुरो रहेछ’, उनले भने, ‘एउटा कुर्सी र टेबल राखेपछि अरू केही अट्दैन । त्यस्तो घर के काम लाग्छ ?’

तालिमका क्रममा बनाउने घरलाई सामुदायिक भवनका रूपमा प्रयोग गर्न मिल्ने गरी बनाउन जिल्ला दैवीप्रकोप उद्धार समितिले सुझाव दिएको थियो । ‘तर फेरि प्रयोगविहीन घर बन्यो । सामुदायिक भवन बन्न सकेन’, डीएफओ पौडेलले भने, ‘तालिम पनि होओस् । समुदायले प्रयोग गर्न मिल्ने घर पनि बनोस् भन्ने चाहना हो । त्यस्तो हुन सकेन ।’

भूकम्पपछि राहत पुनर्निर्माण र पुनःस्थापनाका लागि एक अर्ब २५ करोड रुपैयाँको कार्यक्रम लिएर गोरखा आएको सीआरएसको ‘डेमोहाउस’ यसअघि पनि विवादित बनेको थियो । कुनै न कुनै कार्यालय सञ्चालन गर्न मिल्ने गरी बनाउन गरेको आग्रह लत्याएर बेकामका घर बनाएको सहिद लखन गाउँपालिका ८ का अध्यक्ष काशिनाथ अम्गार्इं बताउँछन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment