Comments Add Comment

लगानी सम्मेलनमा सम्बोधन गर्न नेपाल आउँदै मोदी

९ साउन, काठमाडौं । नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले ‘नेपाल–भारत लगानी सम्मेलन’ गरिने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले भारत उद्योग परिसंघ (सीआईआई) सँगको सहकार्यमा लगानी सम्मेलन गर्ने भएको नयाँ पत्रिका दैनिकले लेखेको छ ।

दुई मुलुकमा रहेका निजी क्षेत्रबीचको साझेदारीमा आगामी अगस्टको अन्तिम या सेप्टेम्बरको पहिलो साता सम्मलेन आयोजना गरिने महासंघकी अध्यक्ष भवानी राणाले. बताइन् ।

सम्मेलनलाई सम्बोृधन गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्ताे  गरिएको राणाले बताइन् । ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्मेलन उदघाटनका लागि नेपाल आउने संकेत दिनुभएको छ,’, राणाले भनिन्, उहाँकै समयतालिका हेरेर अगस्टमा गर्ने भनिएको सम्मेलन हामीले सेप्टेम्बरलाई सारेका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment