Comments Add Comment

बंगाल सरकारको निशानामा सञ्चारमाध्यम, नेपाली च्यानल बन्द

फाइल तस्वीर

९ साउन, काठमाडौं । छुट्टै गोर्खाल्यान्ड राज्य माग गर्दै भारतको दार्जीलिङ, मिरिक, खस्र्याङसहित क्षेत्रमा जारी आन्दोलन क्रममा पछिल्लो समय निजी सञ्चारमाध्यम बंगाल सरकारको निशानामा पर्न थालेका छन् ।

बंगाल सरकारले सुरक्षाकर्मी पठाएर नेपाली भाषामा प्रसारण हुने एक मात्र सेटलाइन टेलिभिजन अल भारत नेपाली –एबीएन) च्यानल बन्द गराएको छ ।

गोर्खाल्यान्ड आन्दोलनका समाचारलाई प्राथमिकतासाथ प्रसारण गरिरहेको एबीएनलाई सीबीआई र प्रहरीको टोलीले सिल गरेको मिरिकका पत्रकार मनोहर शर्माले जानकारी दिए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

सामाजिक सञ्जाल र स्थानीय च्यानल बन्द भएपछि पहाड सूचनाको हकबाट बञ्चित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment