Comments Add Comment

यस्तो बन्यो ‘रुद्रप्रिया’को फस्टलुक, किन छोपियो रेखाको अनुहारको एक भाग ?


नायिका रेखा थापा र नायक आर्यन सिग्देल अभिनित चलचित्र ‘रुद्रप्रिया’को फस्टलुक रिलिज गरिएको छ । चलचित्रको फस्टलुक केही रोचक र फरक खालको देखिएको छ । रेखा थापा फिल्मस्को ब्यानरमा निर्माणमा तयार भएका यस अगाडिका फिल्मका फस्टलुक भन्दा यसमा भिन्न कलर र शैली देखिएको छ । निर्देशक सुदिप भूपाल सिंह जोडिनुले पनि यो फ्याक्टरले काम गरेको वुझ्न सकिन्छ ।

चलचित्रको फस्टलुकमा रेखाले आर्यनको हात समातेकी छिन् । रेखा थापाको अनुहारको एउटा पाटो छोपिएको छ । चलचित्रलाई लिएर सबैभन्दा ठूलो खुलदुली यही नै रहने पक्का छ । यो चलचित्र कात्तिक २ गतेबाट देशभरका हलमा रिलिज हुनेछ । चाडपर्व र नयाँ बर्षको छेकोबाट टाढा जान नसक्ने रेखा यसपटक पनि तिहारमा चलचित्र रिलिज गर्न अग्रसर छिन् ।

सरस्वती थापा र आर्यन फिल्मस् यसका निर्माता हुन् । एमके पौडेल कार्यकारी निर्माता रहेको चलचित्रमा संजय लामाको छायांकन, सुरेश अधिकारी, अर्जुन पोख्रेल र राजनराज सिवाकोटीको संगीत छ । ८ बर्षसम्म बोलचाल नगरेका रेखा र आर्यन एकसाथ जोडिएकाले पनि चलचित्रको चर्चा बढी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment