Comments Add Comment

धनगढीमा सवारी दुर्घटना, ३ जनाको मृत्यु

९ साउन, कैलाली । धनगढी उपमहानगरपालिका–१५ कनरीमा आइतबार बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको छ ।

धनगढीबाट फुलबारीतर्फ जाँदै गरेको से१प ७८६० नंको मोटरसाइकल र फुलबारीबाट धनगढीतर्फ आउँदै गरेको से१ख ५२८ नंको सुदूरपश्चिम यातायात बस एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए ।

मोटरसाइकलमा सवार कैलारी गाउँपालिका–८ का करिब २६ वर्षीय वीरबहादुर चौधरी र गौरीगंगा नगरपालिका–११ का ३० वर्षीय दीपेन्द्र चौधरीको सेती अञ्चल अस्पताल पुर्याएलगत्तै मृत्यु भएको छ भने गम्भीर घाइते कैलालीको थापापुर–९ जनकपुर गाउँका करिब २६ वर्षीय आशीष चौधरीलाई उपचारका लागि भारतको लखनऊ लैजाने क्रममा दुधुवा नेसनल पार्कको बीच बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बससहित चालकलाई जिल्ला प्रहरी कार्यालय कैलालीले नियन्त्रमा लिएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार तीनैजना मृतकको शव सेती अञ्चल अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment