Comments Add Comment

भेरीमा फसेका युवकलाई प्रहरीले बचायो

९ साउन, डोल्पा । जिल्लाको दुनैस्थित भेरी नदीमा फसेका एक युवकको प्रहरीले सकुशल उद्धार गरेको छ ।

सिस्पुर– ९, उदयपुर स्थायी घर भई हाल डोल्पाको दुनैमा बस्दै आइरहेका २० वर्षीय पबिन मगरलाई प्रहरीले सकुशल उद्धार गरेको हो ।

आइतबार बेलुकी ६ बजे पछि सदरमुकामको रहेको होटेल मरमर गार्डेनको नजिकैबाट टापुमा रहेको काठ निकाल्न गएका बेला पबिन भेरी नदीमा फसेका थिए ।

भेरीको बीचमा भएको काठ निकालेर बिक्री गर्ने मनासायले गएका युवा फसेपछि उनलाई प्रहरीले उद्धार गरेको हो ।

रामचन्द्र न्यौपानेको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment