Comments Add Comment

भारतलाई हराउँदै इंग्ल्याण्डले जित्यो महिला क्रिकेट विश्वकप

९ साउन, काठमाडौं । भारतमाथि ९ रनको रोमाञ्चक जित हात पार्दै इंग्ल्याण्डले महिला विश्वकप क्रिकेटको उपाधि जितेको छ ।

इंग्ल्याण्डले प्रस्तुत गरेको २२९ रनको लक्ष्य पछ्याएको भारतीय टिम ४८.४ ओभरमा २१९ रनमा समेटियो । एक समय भारत जित नजिक देखिएको थियो । ४३ औं ओभरमा ३ विकेट गुमाएर १९१ रन बनाएको थियो । तर, थप २० रन जोड्दा अलआउट भयो ।

भारतकी पुनम राउतले ८६ रन बनाइन् भने हरमनप्रीत कौरले ५१ रनको योगदान दिइन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २२८ रन बनाएको थियो । उसका लागि न्याटली स्किवरले ५१ रन बनाइन् भने सारा टेलरले ४५ रनको योगदान दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment