Comments Add Comment

इजरायली दूताबासमा गोली प्रहार, दुई जनाको मृत्यु


९ साउन, काठमाडौं । जोर्डनको राजधानी अम्मानस्थित इजरायली दूताबासमा भएको गोली प्रहारमा जोर्डनका दुई नागरिकको मृत्यु भएको छ भने एक इजरायली घाइते भएका छन् ।

मारिएका जोर्डनियन नागरिक फर्निचर फर्ममा काम गर्थे र गोली हान्नु अघि उनीहरु दूताबासमा प्रवेश गरेका थिए ।

सुरक्षा बलले दूताबास बन्द गराएका छन् । प्रहरीले घटनाको अनुसन्धान प्रारम्भीक चरणमा रहेको बताएको छ ।

इजरायली अधिकारीहरुले पनि घटनाबारे केही बताएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment