Comments Add Comment

मधेसका ८ जिल्लामा चित्रबहादुरको भोट ४२ सय !

तेस्रो चरणमा जनमोर्चाले ‘उपस्थिति देखाउने’


९ साउन, काठमाडौं । संघीयताको कडा विरोध गर्दै आएका कारण चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चालाई धेरैले मधेसविरोधी दलका रुपमा लिने गर्छन् । फलस्वरुप यो पार्टीको उपस्थिति मधेसका ८ जिल्लामा किनै कमजोर छ । तथापि आगामी असोज २ मा हुने तेस्रो चरणको चुनावमा ‘मधेसमा उपस्थिति देखाउने’ सो पार्टीले निर्णय गरेको छ ।

राष्ट्रिय जनमोर्चाको मातृ पार्टी नेकपा मसालको यसैसाता सम्पन्न बैठकबाट पारित ‘स्थानीय निर्वाचनको मूल्याङ्कनसम्बन्धी राजनीतिक प्रस्ताव’ मा भनिएको छ– ‘प्रदेश नं. २ मा हाम्रो सङ्गठनको अत्यन्त कमजोर स्थितिमाथि ध्यान दिँदै हामीले त्यहाँ प्रभावशाली प्रकारले चुनाव लड्ने वा उपलब्धि प्राप्त गर्ने सम्भावना कम छ ।’

बैठकमा मोहनविक्रम सिंहले पेश गरेको राजनीतिक प्रतिवेदनमा २ नम्बर प्रदेशको चुनावी रणनीतिबारे अगाडि भनिएको छ– ‘तैपनि त्यो चुनावमा बढीभन्दा बढी आफ्नो उपस्थितिलाई देखाउने हाम्रो प्रयत्न हुनुपर्दछ । त्यसैले त्यहाँ पनि योजनावद्ध प्रकारले चुनाव लड्ने हाम्रो नीति र कार्यक्रम हुनुपर्ने आवश्यकता छ ।’

मधेसमा कस्तो छ चित्रबहादुरको पार्टी ?

एक समयमा सप्तरी सिराहातिर चौथो महाधिवेशन समूहको राम्रो प्रभाव रहेको मानिए पनि अहिले मधेसका ८ जिल्लामा चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाको अवस्था एकदमै नाजुग छ ।

गत ०७० सालको संविधानसभा चुनावलाई आधार मानेर हेर्दा मधेसका ८ जिल्लामा केसीको पार्टीले पाएको समानुपातिक तर्फको कुल मत ४२३६ मात्रै थियो ।

राष्ट्रिय जनमोर्चाले ०७० सालमा सप्तरी जिल्लाबाट ५१२ मत पाएको थियो भने सिराहाबाट ३८८ मत पाएको थियो । त्यसैगरी धनुषाबाट ३४४ र महोत्तरीबाट २५६ मत राष्ट्रिय जनमोर्चालाई झरेको थियो ।

चित्रबहादुर केसीको पार्टीलाई सर्लाहीबाट ४४० मत आएको थियो भने रौतहटबाट ११३० मत झरेको थियो । त्यस्तै बाराबाट ७२७ र पर्साबाट ४३८ मत राष्ट्रिय जनमोर्चाले पाएको थियो ।

जनमोर्चाले ८ वटा जिल्लामा पाएको यो सबै मतलाई जोड्दा ४२३६ पुग्छ ।

दुईवटा चुनावमा १७४ सीट

तराई मधेसमा कमजोर रहे पनि मध्यपश्चिमका पहाी जिल्लामा सामान्य आधार रहेको जनमोर्चाले दुई चरणका स्थानीय चुनावमा वडाअध्इक्ष र वडा सदस्यहरुसमेत गरी कुल १७४ सीट जितेको छ । उसले ३ वटा गाउ“पालिकामा सफलता पाएको छ ।

जनमोर्चाले बाग्लुङमा अध्यक्ष १, उपाध्यक्ष २, वडा अध्यक्ष ११ र अन्य सदस्यहरू ४५ सहित ५९ जना जनप्रतिनिधि पाएको छ ।

त्यष्स्तै प्यूठानमा अध्यक्ष २, उपाध्यक्ष २, वडाअध्यक्ष १३ र अन्य सदस्यहरू ६० सहित ७७ जनाले जितेका छन् ।

अर्घाखा“चीमा वडा अध्यक्ष ४ र सदस्यहरू २२ सहित २६ जनाले जितेका छन् । गुल्मीमा उपाध्यक्ष १ र ६ जना सदस्य राष्ट्रिय जनमोर्चाले जितेको छ ।

नवलपरासीमा वडा अध्यक्ष १ र सदस्य १ सहित २ जनाले जितेका छन् भने सुर्खेत, डोल्पा र पाल्पामा एक/एकजना वडा सदस्यले जितेको राष्ट्रिय जनमोर्चाले जनाएको छ ।

थ्रेसहोल्डको त्रास

नेकपा मसालले संसदीय निर्वाचनमा लगाइएको थ्रेस होल्डको विरोध गरेको छ । उसले यस सम्बन्धमा पारित गरेको प्रस्तावमा यसो भनिएको छ–

अहिले सरकारले संसदमा प्रस्तुत गरेको थ्रेसहोल्डको कानून अनुसार प्रत्यक्षतर्फ कम से कम १ सिट र समानुपातिकतर्फ ३ प्रतिशत मत प्राप्त गरेपछि नै राष्ट्रिय पार्टीको मान्यता प्राप्त हुन सक्नेछ । कम से कम तीन प्रतिशत मत नल्याएमा हाम्रा एकजना उम्मेदवार पनि समानुपातिकतर्फ निर्वाचित हुन सक्ने छैनन् ।

प्रथमतः त्यस प्रकारको थ्रेसहोल्डको व्यवस्था अप्रजातान्त्रिक छ । संसारका कुनै पनि देशमा प्रत्यक्षतर्फ संसदीय सीट र समानुपातिकतर्फ समेत दुवै प्राप्त गर्नुपर्ने व्यवस्था छैन । संसारका कैयौ“ विकसित देशहरूमा १ प्रतिशतभन्दा कम थ्रेसहोल्डको व्यवस्था गरिएको छ । त्यसरी थ्रेसहोल्डको व्यवस्था गलत र अप्रजातान्त्रिक छ । त्यसको उद्देश्य केही ठूलो राजनीतिक पार्टीहरूको मात्र एकाधिकार कायम राखेर अन्य सबै राजनीतिक दल वा सङ्गठनहरूलाई सखाप गर्नु नै हो । त्यसैले हामीले त्यसको विरोध गर्दछौ“ ।

यहा“ यो उल्लेखनीय छ कि गत चुनावमा हामीले एउटा संसदीय सीट पनि जितेका थिएनौ“ र हाम्रो प्राप्त मत एक प्रतिशतभन्दा कम, ०.९८ प्रतिशत मात्र थियो । त्यसैले थ्रेसहोल्डको त्यो व्यवस्था हाम्रा लागि धेरै कठिन छ ।

तैपनि स्थिति एकदम निराशाजनक पनि छैन । त्यसकारण ती दुवैपक्षहरूमाथि ध्यान दिंदै चुनावमा बढीभन्दा बढी सफलता प्राप्त गर्न हामीले अहिलेदेखि नै प्रयत्न गर्नुपर्दछ ।

हाम्रो सङ्गठनको कमजोर अवस्थामाथि ध्यान दिँदा प्रादेशिक वा संसदीय चुनावमा उल्लेखनीय सफलताहरू प्राप्त गर्न हामीलाई धेरै नै मुस्किल पर्नेछ । त्यो कुरामाथि गम्भीरतापूर्वक ध्यान दिँदै ती दुवै चुनावमा उपलब्धी प्राप्त गर्नका लागि अहिलेदेखि नै योजना बनाएर काम गर्नुपर्ने आवश्यकता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment