Comments Add Comment

बाजुरामा स्लेट खानी उत्खनन र बिक्री अव्यवस्थित

करोडौंको स्लेट करबिनै बाहिरिँदा सराेकारवाला माैन


९ साउन, बाजुरा । दुर्गम जिल्लाका रुपमा रहेको बाजुराका विभिन्न ठाउँमा हुने स्लेट खानीको उत्खनन र त्यसको बिक्री व्यवस्थित हुन सकेको छैन । स्थानीय निकायले खानी व्यवस्थापनमा चासो नदेखाउँदा स्लेट खानीबाट हुन सक्ने करोडौंको आम्दानी गुमिरहेको छ ।

जिल्लाका नौ स्थानीय तहमध्ये अधिकांश स्थानीय तहका वडामा बनाइएका स्लेट खानीबाट करोडौँको निर्यात हुने गरेको स्थानीयवासी बलबहादुर अयडीको भनाइ छ ।

जिल्लाका कैलाशमाडौं, छतारा, दहकोट, साप्पाटा, मानाकोट, गोत्री, जुगाडा, काँडा, जयवागेश्वरी, बूढीगंगालगायतका गाउँबाट स्लेटको उत्खनन भइरहेको छ ।

जिल्लामा वार्षिक रुपमा रु चार करोडभन्दा बढीको कारोबार हुने गरेको अनुमान रहेको छ । घरको छानामा हाल्न प्रयोग गरिने स्लेट डोटी, डडेल्धुरालगायत तराईका जिल्लामा समेत माग बढ्दै गएको स्लेट उत्खनन गर्ने गरेको कैलाशमाडौंका खानी व्यवसायीले बताएका छन् । घरको छाना हाल्नका लागि जिल्लाका विभिन्न साबिकका गाविसमा र तराईका जिल्लामा माग बढी हुने गरेको व्यवसायीले बताउने गरेका छन् ।

पछिल्लो समयमा डडेल्धुरा र डोटीमा माग बढी हुने गरेको व्यवसायी भानसिं मिजारले बताउँछन् । अन्य साबिकका गाविसको भन्दा बढी कैलाशमाडौंमा पाइने स्लेटहरु जिल्लाबाहिर बढ्दो रहेको बताइएको छ ।

स्लेट खानी सञ्चालन र निकासी करबाट साबिकका गाविस र जिविसको आन्तरिक आम्दानीको राम्रो सम्भावना भए पनि कसैले चासो नदेखाएको स्थानीयवासीको गुनासो छ।

दुईवटा गाँउ परिषद्बाट प्रतिस्टेल सानो रु पाँच र ठूलाको रु १० लिने भनिएको भए पनि गाविसका राजनीतिक दल र अन्यले साथ नदिँदा कार्यान्वयन नभएको र कार्यान्वयन नगर्न सक्नु स्थानीय निकायको कमजोरी भएको सचिव साउदले बताए ।

यस वर्षदेखि खानी उत्खननका लागि अनुमति अनिवार्य लिनुपर्ने त्रिवेणी नगरपालिकाले जनाएको छ । नगरपालिकाले अनुमति बिना खानी उत्खनन नगर्न नपाइने र गरेको पाइएका कारबाही गरिने जनाएको छ ।

स्लेट निर्यातका लागि प्रतिस्टेल रु ३०० भन्दा बढी लाग्ने गरेको छ । यातायातको सुविधा नहुँदा मानिसबाट ढुवानी गरेर लिने गरिएको छ । अहिले प्रतिस्लेट ठूलाको रु ४० देखि ५० र सानाको रु २५ देखि ३५ लाग्ने गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment