Comments Add Comment

राप्ती समाज जापानको अध्यक्षमा विश्वेश्वर रेग्मी चयन

२४ जुलाई, टोकियो । राप्ती समाज जापानको अध्यक्षमा युवा व्यवसायी विश्वेश्वर रेग्मी चयन भएका छन् ।

राजधानी टोकियोमा आइतबार सम्पन्न समाजको प्रथम अधिवेशनले रेग्मीको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो । यस्तै समाजले उपाध्यक्षमा राजन के.सी विपुन र विकास ओली चयन भएका छन् ।

महासचिवमा अशोक पुरी, सचिवमा शरद पोख्रेल, कोषाध्यक्षमा युवराज रेग्मी, सह-कोषाध्यक्षमा ज्ञानकुमारी घर्तीलाई चयन भएका छन् भने समाजको प्रवक्तामा नारायणप्रसाद गैरे चयन भएका छन् ।

यस्तै सदस्यहरुमा मनराज विश्वकर्मा, राजेन्द्र के.सी, केशव भण्डारी, तुलसी बाठामगर, पञ्चवीर चौधरी, शिवराज भट्टराई, सागर पुन, हरिलाल पुन, प्रकाश वली, ठगेन्द्रप्रकाश वली, रुपान्तर घर्ती, प्रेमप्रकाश रोकामगर, बसन्ती घर्तीमगर, रुपलाल मगर, भीम बुढाथोकी, टेकेन्द्र शाह चयन भएका छन् ।

अन्य दुई जना सदस्य पछि मनोनित गर्ने समाजले जनाएको छ ।

त्यस्तै समाजले पदमप्रसाद भट्टराईको अध्यक्षमा ५ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । जसमा डा. नेत्रप्रकाश भण्डारी, अर्जुन के.सी, एकता के.सी र आकाश प्रधान सल्लाहकार सदस्य रहेका छन् ।

राप्तीबासी र समग्र राप्ती जिल्लाको विकासमा अग्रसर हुने उद्देश्यसहितको कार्यक्रम तर्जुमा गर्दै अधिबेशनमा समाजले वाषिर्क कार्यपत्र र आर्थिक प्रतिवेदन प्रस्तुत गरेको थियो भने विधानलाई सर्वसम्मत पारित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment