Comments Add Comment

माधुरी दिक्षितले लगाएको १५ लाखको लहेंगा कहाँ गयो ?

कुनै पनि फिल्ममा कलाकारहरुले लगाउने लुगाको प्रवन्ध निर्माताले गरेका हुन्छन् । धेरैलाई कौतुहल लाग्न सक्छ, फिल्म सुटिङ सकिएपछि ती लुगा निर्माताले लैजान्छन् कि कलाकारले ?

बलिउडमा कुरा गर्दा त्यहाँ हिरो-हिरोइनले लगाएका कतिपय कपडा लिलामीमा राख्ने गरिन्छ । यी कपडा वास्तविकभन्दा महंगो मूल्यमा फ्यानहरुले किनेर लैजान्छन् ।

पुरानो हिन्दी फिल्म जंगलीमा शम्मी कपूरले घाँटीमा बाँधेको स्कार्फ पछि लिलामीमा राखिएकोउ थियो । यो स्कार्फ एक फ्यानले एक लाख ५६ हजार रुपैयाँ हालेर किनेका थिए ।

सञ्जय लीला भन्सालीका फिल्महरुमा हिरो-हिरोइनले प्राय महंगो लुगाहरु लगाउँछन् । उनले निर्देशन गरेको फिल्म देवदासमा अभिनेत्री माधुरी दिक्षितले एउटा गीतमा १५ लाखको लहेंगा लगाएर नाचेकी छिन् । यसमा महंगा स्टोनहरु लागेका थिए । फिल्म सकिएपछि यो लहेंगा ३ करोड रुपैयाँमा विक्री भएको बताइन्छ ।

यसका अलावा शाहरुख खानले फिल्म ‘रावन’ मा लगाएको ड्रेस, ‘मुझसे शादी करोगी’ मा सलमानले लगाएको तौलिया, ‘लगान’ मा अमिर खानको ब्याट र माधुरी दिक्षितले धक-धक गीतमा लगाएको ड्रेस सबै लाखौं रुपैयाँमा लिलाम भएका छन् । यस्तो लिलामीबाट उठेको पैसा च्यारिटीमा दने गरिन्छ ।

लिलामीमा नराखिएका लुगाहरु चाहिँ फिल्म सकिएपछि एउटा बाकसमा सुरक्षित राखिन्छ । बाकसको माथि लेबल टाँसिन्छ, जसबाट थाहा हुन्छ कि कुन लुगा कुन फिल्ममा प्रयोग गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment