Comments Add Comment

अमेरिकामा झापाका दुई साहित्यकार सम्मानित


२४ जुलाई,अमेरिका । अमेरिकाको भर्जिनियामा आयोजित एक कार्यक्रममा झापाका दुई जना साहित्यकारलाई सम्मान गरिएको छ ।

सम्मानित हुनेहरुमा झापाको कनकाई नगरपालिकाका छन्द कवि कोमलप्रसाद पोखरेल र तेराख रहेका छन् ।

कार्यक्रमकै अवसरमा आख्यानकार होमनाथ सुवेदीकी धर्मपत्नी नन्दादेवी सुवेदीलाई पनि सम्मान गरिएको छ ।

सम्मानित व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथि अमेरिकाका लागि नेपालका राजदुत डा. अर्जुन कार्कीले सम्मान पत्र र फूलमाला प्रदान गरेका थिए ।

आदिकवि भानुभक्त आचार्यको सम्झनामा गरिएको कार्यक्रम उडब्रिज भएर बग्ने पोटोम्याक नदी किनारमा रहेको लिस्भेनिया पार्कमा गरिएको थियो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डी.सी. क्षेत्रका सभापति रामप्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्दीय अध्यक्ष पदम विश्वकर्मा, संस्थापक अध्यक्ष होमनाथ सुवेदी, श्रीमती नन्दादेवी सुवेदीसमेतको विशेष आतिथ्यता रहेको थियो ।

कवि गोबर्धन पूजा, गीता कार्की र डा. चघुनाथ अर्याल आतिथ्यता रहेको कार्यक्रममा अमेरिकाका विभिन्न राज्यबाट भाग लिन आएका कवि तथा साहित्यकारहरूले गीत, गजल तथा कविता प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment