Comments Add Comment

प्लाष्टिक सर्जरीः किन, कसले र कसरी गर्ने ?

नाख भद्दा देखियो ? अनुहारको बान्की मिलेन ?  आफ्नो शरीरको कुनै अंगलाई सहि रुप दिनुपर्‍यो ? वा दुर्घटनामा गुमाएको अङ्ग जोड्नुपर्‍यो ?

अहिले त्यसको विकल्प हो, प्लाष्टिक सर्जरी । धेरैलाई लागेको हुनसक्छ, प्लाष्टिक सर्जरी प्लाष्टिकद्वारा गरिने उपचार हो । तर, प्लाष्टिक सर्जरी भनेको छालालाई आवश्यकता अनुसार आकार दिनु हो । यसको ग्रीक भाषामा यस्तो अर्थ लाग्छ, मिलाउनु वा बनाउनु । प्लाष्टिक ग्रीक शब्द हो ।

मेडिकल इतिहासमा प्लाष्टिक सर्जरीको सुरुवात दोस्रो विश्वयुद्धबाट सुरु भएको हो । त्यसबेला घाइते सैनिकको अङ्ग जोड्न, बनाउन प्लाष्टिक सर्जरी गरिएको थियो ।

के हो प्लाष्टिक सर्जरी ?

आफ्नै शरीरको खासगरी फिलाको मासु वा छाला निकालेर अन्य स्थानमा लगाउने काम हो, प्लाष्टिक सर्जरी । यो विधीलाई स्किन ग्राफि्टङ भनिन्छ । यसको उन्नत विधी भनेको सिलीकन इम्प्लान्ट हो ।

किन गर्ने ?

१. प्लाष्टिक सर्जरीको सबैभन्दा ठूलो फाइदा भनेको दुर्घटनामा अङ्गभंग भएका वा आफ्नो अङ्ग गुमाएकाहरुको सहि उपचार हो । यस्तो उपचारपछि अङ्गलाई जोडिन्छ वा त्यस्तै बनाइन्छ ।

२. तेजाब लगायतले घाइते भएकाहरु यसबाट लाभान्वित हुन सक्छन् ।

३. आफुलाई सुन्दर देखाउनका लागि प्लाष्टिक सर्जरीको उपयोग गर्न सकिन्छ ।

तर, सावधान हुनुहोस् 

– प्लाष्टिक सर्जरीपछि यदि तपाईले चाहेजस्तै उपचार भएन भने चिकित्सकलाई कारबाही गर्ने कुनै विकल्प हुँदैन । त्यसैले सुरुमा योग्य एवं दक्ष चिकित्सक छनौट गर्नुपर्छ ।

– प्लाष्टिक सर्जरी गर्नुअघि यसबारे विस्तृत जानकारी लिनुपर्छ । राम्रो/नराम्रो सबै पक्ष हेर्नुपर्छ ।

– पर्याप्त समय लाग्न सक्छ, त्यसैले आफ्नो समय अनुकुल छ/छैन ? बुझ्नुपर्छ ।

– सर्जरीअघि चिकित्सक कति अनुभवी हुन् भन्ने कुरा पनि बुझ्नुपर्छ ।

– ध्यान राख्नुहोस् कि प्लाष्टिक सर्जरी कुनै मेकअप होइन, जसलाई उतार्न मिल्छ ।

– सर्जरी पछि लामो समय विश्राम लिनुपर्ने हुन्छ । त्यसैले उचित समयको व्यवस्था मिलाउनुहोस् ।

कुन अवस्थामा गर्ने ?

शरीरको बाहिरी अंगहरु नमिलेको अवस्थामा मिलाउन प्लाष्टिक सर्जरी गरिन्छ । अहिले सौन्दर्यका क्षेत्रमा यसको व्यापक प्रयोग हुने गरेका छन् । माइकल ज्याक्सनले नमिलेको नाक मिलाउन पटक पटक प्लाष्टिक सर्जरी गरेको चर्चा चल्थ्यो ।
अहिले बलिउडकर्मीहरुले पनि प्लाष्टिक सर्जरीको साहारा लिने गरेको बताइन्छ । ओंठ, नाक, आँखा, स्तन आदिलाई आकर्षक आकार दिनका लागि प्लाष्टिक सर्जरी गरिन्छ । यद्यपी प्लाष्टिक सर्जरीको उपयोगिता यतिमा मात्र सीमित छैन । कुनै कारणबस वा जन्मजात अङ्गभंग भएकाहरुको अङ्गलाई सहि तरिकाले, सहि ठाउँमा जोड्न वा मिलाउनका लागि प्लाष्टिक सर्जरी गरिन्छ ।

प्लाष्टिक सर्जरी निम्न अवस्थामा गर्न सकिन्छ । जस्तो कि,

रिकन्सट्रक्टिभ (पुर्ननिर्माण)

जलेको ठाउँमा नयाँ मासु राखेर पहिलेकै अवस्थामा ल्याउनु परेमा पूर्ननिर्माणद्धारा उपचार गरिन्छ । त्यस्तै, कसैको हात जोडिएको छ र उसको दुुवै हातको शल्यक्रियाद्वारा हात छुट्याउनु पर्ने भए पुर्ननिर्माणबाटै त्यो संभव गराइन्छ ।

सौन्दर्यता प्रदान गर्ने (कस्मेटिक सर्जरी)

हेर्दा राम्रो देखाउने शल्यक्रियालाई कस्मेटिक सर्जरी भनिन्छ । यसमा आँखाको बनावट मिलाउने, स्तनको आकार मिलाउने, अनुहारको कोठी हटाउने लगायतका सौन्दर्य सम्बन्धि सबै शल्यक्रिया  कस्मेटिक सर्जरीमा पर्दछ ।

नेपालमा कस्मेटिक सर्जरीका लागि भनेर विरामीको संख्या त धेरै छ ।  वीरमा मात्र नेपालमा झण्डै ५सय विरामी आउने गर्छन् । तर वीरले भने कस्मेटिक भन्दा पुर्नस्थापनामा बढी ध्यान केन्दि्रत गर्दै आएको छ ।

जलेको विरामीको उपचार गर्ने

जलेको विरामीको उपचार पनि प्लाष्टिक सर्जरी भित्रै पर्दछ । गृह मन्त्रालय तथा स्वास्थ्य मन्त्रालयको एक तथ्यांक अनुसार नेपालमा वर्षेनी तीन हजार मानिस जलेर मर्ने गर्छन् । त्यस्तै, प्रत्येक वर्ष कुरुप भएर वीर अस्पताल आउने मानिसको संख्या ४०-५० हजार (उपचार भन्दा बाहिर)हुने गर्छन् ।

कसरी गरिन्छ ?

यस्ता विरामीको तीन किसिमबाट उपचार गरिन्छ ।

मेडिकल केयर

यस उपचार पद्धतिमा जल्नासाथ उनीहरुलाई दुखाई कम गर्न , संक्रमणबाट बचाउने प्रयास गरिन्छ । यसमा जति छिटो उपचार गर्न सक्यो, त्यति नै बाच्ने सम्भावना बढेर जान्छ र अङगभंग हुनबाट जोगाउन सकिन्छ । जलेको आठ घण्टा भित्रमा अस्पताल पुर्‍याउन सकेको खण्डमा यस्ता विरामी बचाउन सकिन्छ ।

सर्जिकल केयर

छाला प्रत्यारोपण (स्किन ग्राफ्ट )मार्फत जलेका विरामीको शल्यक्रियाद्वारा उपचार गर्ने पद्धतिलाई सर्जिकल केयर भनिन्छ । यसमा जलेको भागलाई काटेर फालिन्छ र नयाँ छाला टासिन्छ । यस्ता विरामीको जति छिटो उपचार गर्न सक्यो, उनीहरुमा निको हुने संभावना  पनि त्यति नै बढी हुन्छ ।

पुर्नस्थापना

यसको लागि लामो समय लाग्ने गर्छ । विरामीलाई लामो सयम अस्पतालमै राखेर उपचार गर्नु पर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment