Comments Add Comment

म फिल्ममा आउनुमा करिनाको हातः अनुष्का शर्मा

बलिउड अभिनेत्री अनुष्का शर्माले आफू फिल्म इन्डष्ट्रीमा आउनुको श्रेय अर्की अभिनेत्री करिना कपुरलाई दिएकी छिन् । यद्यपि करिनाले उनलाई सघाएकी भने होइनन् ।

कलेज पढिरहँदा अनुष्काले करिना अभिनित फिल्म ‘जब वी मेट’ आफ्नो परिवारसहित हलमा पुगेर हेरेकी थिइन् । यो फिल्म हेरेपछि आफू करिनाको फ्यान बनेको अनुष्का बताउँछिन् ।

‘म करिनाबाट यति धेरै प्रभावित भएँ कि भविष्यमा म पनि फिल्म खेलेर करिनाकै जस्तो दमदार अभिनय गर्ने मोह पलायो । त्यही मोहको कारण म आज यो ठाउँमा छु,’ अनुष्काले भनिन् ।

उनी ‘जब वी मेट’ का निर्देशक इम्तियाज अलीसँग काम गर्न पहिल्यैदेखि इच्छुक थिइन् । जब इम्तियाजले उनलाई जब वी मेटसँग मिल्दोजुल्दो नाम रहेको फिल्म ‘जब ह्यारी मेट सेजल’ को लागि अफर गरे, उनी तुरुन्तै राजी भइन् । यो फिल्म अहिले प्रदर्शनको संघारमा छ जसमा अनुष्काको अपोजिटमा शाहरुखले अभिनय गरेका छन् ।

यस फिल्ममा शाहरुख एक पञ्जाबी गाइड बनेका छन्, जसको नाम हुन्छ हरविन्दर सिंह नेहरा । फिल्ममा उनलाई सबैले ह्यारी भनेर बोलाउँछन् । फिल्ममा अनुष्का एक गुजराति केटी सेजलको भूमिकामा छिन् । जब सेजल यूरोप टि्रपमा हुन्छिन्, उनको भेट ह्यारीसँग हुन्छ । त्यसपछि उनीहरु कसरी प्रेममा पर्छन् भन्ने कथामा फिल्म अगाडि बढ्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment