Comments Add Comment

जस्टिन बीबरलाई चीनमा कन्सर्ट गर्न रोक

क्यानाडाका पप स्टार जस्टिन बीबरलाई चीनमा कन्सर्ट गर्न त्यहाँको सरकारले रोक लगाएको छ । बेइजिङ संस्कृति मन्त्रालयका अनुसार बीबरको खराब छवीका कारण उनलाई रोक लगाइएको हो ।

मन्त्रालयले भनेको छ, ‘मनोरञ्जनको नाममा यस्तो व्यक्तिलाई अनुमति दिन सकिदैन जो गलत व्यवहारमा संलग्न छ ।’

जस्टिन एक शानदार गायक भएता पनि विवादित रहेको मन्त्रालयको कथन छ । मन्त्रालयको आधिकारिक वेबसाइटमा एक यूजरले सोधेको प्रश्नमा यस्तो जवाफ दिइएको हो ।

‘हामीलाई आशा छ कि जब जस्टिन बीबर समझदार हुनेछन्, उनी आफ्नो बोली र व्यवहारमा सुधार ल्याउने कोशिश गर्ने छन्, त्यसपछि यहाँ गाउन दिनेबारे सोच्न सकिन्छ,’ मन्त्रालयले भनेको छ ।

जष्टिन बीबरलाई रोक लगाइएको खबर त्यतिबेला आएको हो, जब सेप्टेम्बरमा सुरु हुने उनको एशिया टूरको लिस्टमा चीनको कुनै पनि शहर परेको थिएन । जबकि यसअघि सन् २०१३ मा उनले चीनमा पर्फम गर्न अनुमति पाएका थिए ।

जस्टिनले सेप्टेम्बरमा सुरु गर्ने एशिया टूरका क्रममा जापान, हङकङ, फिलिपिन्स, सिंगापुर र इन्डोनेसियामा कन्सर्ट गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment