Comments Add Comment

आधा अनुहारसहित जन्मिएकी महिला यस्ती भइन्

दुनियामा शारीरिक विकलांगताका साथ कैयन बच्चाहरु जन्मिन्छन् । तीमध्ये जो जिवित रहन्छन् उनीहरुका लागि डाक्टर भगवान बन्दछन् । उनीहरुको शरीरमा जन्मकै क्रममा प्रकृतिले जुन कमजोरी छाडेको हुन्छ, त्यसलाई सर्जरीको माध्यमले डाक्टरले पूरा गरिदिन्छन् ।

स्लोभाकियाकी ३० वर्षीया इभान्का डेन्सिसोभा पनि गोल्डेनहेर सिन्ड्रोम नामक रोगबाट पीडित छिन् । यो वंशाणुजन्य रोग हो । यसमा अनुहारका विभिन्न अंगहरु पूर्णरुपमा विकशित हुँदैनन् र अनुहारको स्वरुप अधुरो रहन्छ । इवान्का पनि यस्तै छिन् ।

उनले पछिल्लो ३० वर्षदेखि आधा अनुहारका साथ जिवन गुजारिरहेकी छन् । कहिलेकाहीँ उनको मनमा आत्महत्या गर्ने ख्याल नआएको होइन, तर उनले हिम्मत हारिनन् । आफ्नो अनुहार दुनियालाई लुकाउँदा–लुकाउँदै जिवनका ३० वर्ष बिते ।

इभान्का वकिल हुन् । आफ्नो अनुहारलाई भरिलो बनाउन पाए हुन्थ्यो भन्ने उनलाई पनि लाग्थ्यो । यसका लागि उनले अमेरिकामा सर्जरी गराइन् । अब उनको अर्को सर्जरी आगामी सेप्टेम्बरमा हुनेवाला छ । त्यसपछि उनको अनुहार पूर्णरुपमा बदलिएर सामान्य मानिसको जस्तै हुनेछ ।

अहिलेसम्म आफ्नो आधा अनुहार लुकाउनका लागि उनले लामो कपाल पालेकी छिन् र अगाडिबाट अनुहार छोप्ने गर्छिन् ।

इभान्कामा जुन रोग छ त्यस्तै रोग भएका बच्चाहरु दुनियामा हरेक २५ हजारमा एक जना जन्मिने गर्दछन् । यसमा अनुहारको कान तथा आँखा सबैभन्दा धेरै प्रभावित हुन्छ । त्यसका साथै मुटु, फोक्सो तथा मृगौलामा पनि गम्भीर असर पर्दछ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment