Comments Add Comment

७४ वर्षकी महिलाले गोरुसँग बिहे गरिन्, कारण यस्तो छ


के तपाईंले कुनै महिलाले गोरुसँग बिहे गरेको सुन्नुभएको छ ? यस्तो विचित्र सुन्ने कुरै भएन । तर हालै एक ७४ वर्षकी महिलाले एउटा गोरुसँग बिहे गरेर सबैलाई अचम्ममा पारिन् ।

उनी अहिले दिनहुँ आफुले बिहे गरेको त्यो गाईको बाच्छोको हेरचाहमा लागिरहेकी छिन् । उसलाई खुवाउँछिन्, प्रेम गर्छिन् र ओछ्यानमा समेत सँगै सुताउँछिन् ।

यो घटना कम्बोडियाको हो । खिम ह्यांग नामक ७४ वर्षकी महिला अहिले निकै चर्चामा छिन् । उनको घरमा पनि रमितेहरुको भिड लाग्छ । उनी र उनको नयाँ बाच्छो लोग्ने हेर्न मानिसहरु आउने गरेका छन् ।

कोही महिलाले गोरुसँग बिहे गर्नु दुनियामा कहीँ नभएको कुरा नै हो । तर खिम ह्यांग भने उक्त बाच्छो आफ्नो साँच्चीकै लोग्ने भएको बताउँछिन् । यसअघि मृत्यु भइसकेका आफ्ना पति टोल खुतले सो बाच्छोको रुपमा पुनर्जन्म लिएको उनको दाबी छ ।

खिमका अनुसार एकदिन उनका मृत पतिको आत्मा उनको नजिक आएर आफु मृतक पति टोल खूत भएको बताएछ । त्यसपछि तत्कालै उक्त गाइको बाच्छो खिमको नजिक आयो र उनको कपाल चाट्न लाग्यो । साथै उनको गर्धनमा पनि चाट्यो ।

खिमका अनुसार त्यो बाच्छो ठ्याक्कै उस्तै प्रकारले सिँढी उक्लिने गर्छ जसरी उनका पति टोल खूत सिँढी चढ्दथे ।

तत् पश्चात उनले उक्त बाच्छोसँग बिहे गरेर आफ्नै पतिको रुपमा स्विकार गरिन् । आफ्नो पति बस्ने कोठामै राख्न थालिन् । खिमले उक्त बाच्छोलाई आफ्नो पति मानेपनि उनका छोराछोरीहरुले चाहीँ गोरुलाई आफ्नो बाउ मान्न तयार छैनन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment