Comments Add Comment

फेसबुकले ल्याउँदैछ आफ्नै स्मार्टफोन ?


फेसबुकले अहिले एक स्मार्टफोन निर्माणमा काम गरिरहेको छ । साइबर जासूसहरुले फेसबुकका केही महत्वपूर्ण दस्तावेज हात पारेका छन् जसको आधारमा फेसबुकले स्मार्टफोन निर्माण गरिरहेको खुलासा गरिएको हो ।

हार्डवेयरमा काम गर्ने फेसबुकको एक युनिटले गत जनवरीमा एक मोडुलर इलेक्ट्रोमेकानिकल डिभाइसको पेटेन्टका लागि निवेदन दिएको थियो । उक्त डिभाइसमा स्पिकर, क्यामरा, माइक्रोफोन, टचस्क्रिन तथा डिस्प्ले हुनेछ ।

अमेरिकी प्रतिलिपि अधिकार सम्बन्धी निकायमा पेश गरिएको उक्त निवेदनको सारांशमा लेखिएको छ: एक प्रयोगकर्ताले मोडुलर इलेक्ट्रोमेकानिकल डिभाइसको कार्यलाई डिभाइसका विभिन्न फंक्सनल मोडुलहरुको अनुसार बदल्न सक्दछ ।

सदैव एउटा अनुमान के गर्ने गरिएको छ भने के फेसबुकले आफ्नो लोकप्रियतालाई आफ्नो स्मार्टफोनको माध्यमबाट पुनः प्राप्त गर्ने कोसिस गर्ला ? यद्यपि फेसबुकले चाहीँ स्मार्टप्mोन उत्पादन गर्ने यस्तो हल्लालाई सदैव एक अफवाह भन्दै खारेज गर्ने गरेको छ । पछिल्लो खबरका बारेमा चाहीँ उसले कुनै प्रक्रिया जनाएको छैन ।

फेसबुकको हार्डवेयर टिमकी प्रमुख रेगिना दुगान हुन् । यसअघि उनले अमेरिकाको डिफेन्स एडभान्स्ड रिसर्च प्रोजेक्ट एजेन्सीकी निर्देशक भएर काम गरिसकेकी छिन् । यस एजेन्सीले अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि नयाँ प्रविधि पत्ता लगाउने र त्यसलाई विकशित गर्दै उत्पादनका लागि कोष समेत संकलन गर्ने काम गर्दछ ।

दुगानले यसअघि गुगलको एड्भान्स्ड टेक्नोलोजी प्रोजेक्टमा पनि प्रमुख भएर काम गरिसकेकी छिन् । जहाँ प्रोजेक्ट आराको माध्यमबाट मोड्युलर फोनमा काम भएको थियो । गुगलले उक्त मोड्युलर फोनको परीक्षण गरेपनि गत वर्ष सो परियोजनाबाटै हात झिक्यो ।

गत अप्रिलमा फेसबुकले स्मार्टफोन क्यामराको विन्डोलाई अगमेन्टेड रियालिटीसँग जोड्ने मिसन लञ्च गर्यो जसको उद्देश्य आँखामा लगाउने हाइटेक डिभाइसको साटो स्मार्टफोनमै केन्द्रित हुनु हो ।

सिलिकन भ्यालीको वार्षिक डेभलपर्स कन्फ्रेन्सका दौरान मार्क जुकरबर्गले स्मार्टफोन क्यामरालाई अगमेन्टेड रियालिटी फिचरका लागि सुरुवाती तथा महत्वाकांक्षी प्लेटफर्म भएको बताएका थिए । साथै उनले फेसबुकले स्मार्टफोन क्यामराको पहिलो अगमेन्टेड रियालिटी प्लेटफर्म लिएर आउने समेत बताएका थिए । जबकी यसअघि फेसबुकले भर्चुअल रियालिटीलाई आगामी दिनको ठूलो कम्प्युटिङ प्लेटफर्म बनाउने कुरामा जोड दिइरहेको थियो । जसका लागि उसले रिफ्ट हेडगेयर तथा अकुलस युनिट खडा गरेको थियो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment