Comments Add Comment

शर्मिलालाई पुष्पलको ‘लभ यू’


रोमान्टिक शैलीमा तयार भएको गीत ‘लभ यू’को म्यूजिक भिडियो तयार भएको छ । काठमाण्डौमा आयोजना गरिएको एक कार्यक्रममा यो गीतको भिडियो सार्वजनिक गरिएको हो ।

विकास सुवेदीले निर्देशन गरेको भिडियोमा एक युवकले एक युवतीसूग गर्ने प्रेमभावलाई रमाइलो तरिकाले देखाइएको छ । यो गीतमा सुरेश लामाको स्वर, शंकर थापाको संगीत, डीपी खनालको शब्द छ ।

सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको यो गीतमा अनिल कुमार मानन्धरको छायांकन, शिलन लम्सालको सम्पादन छ । अमेरिकामा बस्दै आएकी दीपिका राइले भिडियोको निर्माण गरेकी हुन् । भिडियोमा मोडल पुष्पल खड्का र शर्मिला राइले मोडलिङ गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment