Comments Add Comment

ट्राफिक छलेर नियम उल्लंघन गर्ने बानी छ ? होस गर्नुस्, ट्राफिक भ्यानले निगरानी गर्दैछ

९ साउन, काठमाडौं । हामीमध्ये धेरैको बानी छ कि ट्राफिक देख्यो भने नियम पालना गर्ने । नभए छिटो र सजिलोको नाममा ट्राफिक नियम पनि उल्लंघन गर्दै सवारी चलाउने ।

यदि तपाई पनि त्यस्तो गर्नुहुन्छ भने आजै छाड्नुस् । नभए कुनै पनि बेला ट्राफिक कारबाहीमा पर्नु हुनेछ ।

किनकी महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुई वटा ट्राफिक सर्भिलेन्स भहिकल पाएको छ ।

यो मुख्य चोकहरुमा छड्के अनुगमनका लागि प्रयोग गरिनेछ । भ्यानको माथिल्लो भागमा ४ वटा पीटीजेड क्यामेरा छन् । ३६० डिग्रीमा घुम्ने यो सिसी क्यामेराले सडकमा लेन मिच्ने र ट्राफिक निगमको बेवास्ता गर्दै सवारी चलाउनेको निगरानी गर्नेछ । भ्यानमा कम्प्युटर र ल्यापटपसहित एलइडी मोनिटर पनि छ, यसले पीटीजेड क्यामेराको नियन्त्रण र सडक र सवारीको निगरानी गर्नेछ ।

ट्राफिक प्रहरी निरीक्षक रामबाबु रानाले अनलाइनखबरसँग भने, ‘काठमाडौंका ब्यस्त चोकको कुनै खाली स्थानमा योभ्यानलाई राखेर अनुगमन र निगरानी थाल्छौं ।’

रानाले अघि भने, ‘अहिले लेन मिच्ने चालकहरु पनि हामीले मिचेकै छैनौं भन्छन् । उल्टै ट्राफिक माथि खनिन्छन् तर, अब प्रमाण देखाएै कारवाही गर्न सक्छौं ।’

यसले सडकमा गुड्दा-गुड्दै पनि ट्राफिक अनुशासन नमान्नेलाई निगरानी गर्न सक्नेछ । वाइफाइसहित इन्टरनेट जोडिएको भ्यानमा अत्याधुनिक प्रविधिहरु प्रयोग गरिएको छ ।

यो भ्यानमा क्यामेरा मात्रै छैन, स्ट्रेचरसहितका प्राथमिक उपचार सामाग्री पनि छ । कुनै ठाउँमा दुर्घटना भएमा तत्काल उद्दारका लागि अब ट्राफिकको यो भ्यान पुग्नेछ ।

काठमाडौं उपत्यका दीगो शहरी यातायात आयोजनाले दिएको भ्यानमाघटनास्थलमा रेखाङ्कन लगायतका अनुसन्धानका लागि चाहिने सबै टूल्स पनि राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment