Comments Add Comment

बौद्ध स्तुपाको बिजोगः विश्व सम्पदा क्षेत्रमा उर्लिन्छ ‘खहरे’

९ साउन, काठमाडौं । पानी पर्‍यो कि सडकमै ‘खोला’ बग्नु आजभोलि काठमाडौंमा सामान्य जस्तै भइसक्यो । अव्यवस्थित शहरीकरण, ढल निकासको उचित प्रवन्ध नहुनुका साथै पछिल्लो समय मेलम्ची खानेपानी आयोजनाको पानीको पाइप विछ्याउने काम गरिरहेकाले पानी पर्नासाथ सडकमा भेल पस्छ ।

तर, पछिल्लो समय विश्व सम्पदा सूचीमा रहेको बौद्ध स्तुपामा पनि पानी पर्नासाथ सानोतिनो ‘खहरे’ नै बग्छ । आइतबार त्यस्तै भयो । अपराहृन पानी पर्नासाथ बौद्ध स्तुपा परिसर जलमग्न भयो । आउजाउ गर्नेको झण्डै घुँडा-घुँडासम्म पानी थियो ।

ढलहरु थुनिएको र पानी अनुसार उचित निकास नहुँदा बौद्ध स्तुपा परिसर जलमग्न हुने गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष दीपेन्द्र लामा आरुबारीदेखिको पानी बौद्ध स्तुपा परिसरमा आएर जम्ने गरेको सुनाउँछन् ।


यसले आम सर्वसाधारण र पर्यटकलाई सास्ती मात्र दिएको छैन, बौद्ध स्तुपालाई नै असर गर्ने खतरा छ । ‘पानी पर्नासाथ सम्पदा क्षेत्र नै डुबानमा पर्छ,’ लामा भन्छन्, ‘मैले त प्राथमिकता दिएर ढलको समस्या हल गर्नुपर्छ भनेर काम सुरु गर्न लागेको छु ।’

बौद्ध क्षेत्रका सबै ढलका पाइपहरु फेरेर ठूलो ह्युम पाइप हाल्नुपर्ने अवस्था रहेको लामाले सुनाए । ‘अघिल्ला वर्षहरुमा बौद्धमै यति धेरै पानी जम्दैनथ्यो । यो वर्ष समस्या निकै बढेको छ,’ लामाले भने, ‘जनताको काम गर्न आएको छु । यसलाई हल गर्छु ।’

 

तस्वीर: मिलन अधिकारी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment