Comments Add Comment

करिना कपुरको टिप्सः गर्भावस्थामा कस्तो खानपान गर्ने ?

गर्भावस्थामा के खाने, के नखाने भन्ने कुराले गर्भवतीलाई द्विविधामा पार्ने गर्छ । तर, करिना कपुरले यस्तो द्विविधा खेप्नु परेन ।

अभिनेत्री करिना कपुर एक सन्तानकी आमा भइसकेकी छिन् । गर्भावस्थामा उनी मोटाएकी थिइन्, जसरी अरु गर्भवती मोटाउाछन् । यद्यपी बच्चालाई जन्म दिइसकेपछि उनले आफ्नो ‘फिगर मेन्टेन’ गरिन् र पूर्ववत् अवस्थामा फर्किइन् । यसका लागि उनले योग, व्यायामदेखि खानपानमा समेत निकै ध्यान दिएकी थिइन् ।

करिना र उनकी साथी रुजुता दिवेकर जो पोषणविद् हुन्, उनीहरुले गर्भावस्थाको खानपानबारे फरक मत राखेका छन् । गर्भावस्थामा खानपानबारे द्विविधा हुन नपर्ने बरु, आफुलाई रुच्ने र मन लाग्ने खानेकुरा सेवन गर्नुपर्ने सुझाएका छन् ।

मौसमी खानेकुरा

धेरै खानु, मिठाई वा गुलियो खानु, आधा रातमा चटपटे खाना खानु, भोक नलागेको बेला पनि खानु राम्रो बानी होइन । आफ्नो खानाका लागि स्थानीय स्तरमा उत्पादित, मौसमी सब्जी र फल सेवन गरौ । जुन कुरा तपाईले लामो अवधीदेखि खाँदै आउनुभएको छ, त्यही खानुहोस् । जुन मौसममा जे सब्जी प्राप्त हुन्छ, त्यही बढी सेवन गर्नुहोस् । चाहे त्यो करेला होस् वा चुकन्दर ।

खानेकुरामा कटौती गर्नु पर्दैन

करिनाले भनेकी छिन्, ‘गर्भावस्थामा घिउ खाँदा मोटाइन्छ भन्ने छ । तर, त्यो होइन । मैले बच्चैदेखि घिउ खादै आएकी थिएँ, गर्भावस्थामा पनि खाएँ । हामीले जे कुरा खाँदै आएका छौ, त्यसमा कटौती गर्नुपर्छ भन्ने छैन । राम्ररी खान सकिन्छ ।
करिना र रुजुताले एक आहार योजनाको बारेमा पनि बताएका छन् । भनेका छन्, ‘धेरै खानबाट बच्नुहोस्, जसले दिनभर हल्का र उर्जावान महसुष होस् ।

चरण १- कल्पना गरौ कि कति खाना तपाई खान सक्नुहुन्छ ?

चरण २- आफ्नो थालमा कल्पना गरौ कि भोजनको आधा भाग मात्र सर्भ गरौ ।

चरण ३- भोजन गर्नका लागि दुई गुणा बढी सयम लिनुहोस् ।

चरण ४- यदि पुन तपाईलाई भोक लाग्यो भने, चरण एकबाट पुन सुरु गर्नुहोस् ।

नरिवल र तिल

कतिको गर्भावस्थामा केस झर्ने समस्या हुन्छ । यो प्रसवको बेलासम्म जारी रहन्छ । यसबाट बच्नका लागि नरिवल उपयोगी हुन्छ । नरिवललाई आफ्नो आहारमा सामेल गर्नुहोस्, चाहे लड्डुको रुपमा वा हलुवाको रुपमै । सुख्खा नरिवल सेवनले केस र्झनबाट रोक्छ । साथै तिलको लड्डु पनि उपयोगी हुन्छ ।

मौसमी सब्जी

गर्भावस्थाको बेला हरेक दुई घण्टामा केहि न केहि खानेकुरा सेवन गर्नुपर्छ । अझ यसबेला धेरै भन्दा धेरै सब्जी सेवन गर्नुहोस् । अर्थात तपाईको खान्कीमा धेरैजसो हिस्सा सब्जीको हुनुपर्छ । खासगरी लौका, करेला आदि सेवन गरौ ।

जाइफल

सुत्नुअअघि थोरै जाइफलसँग एक कप दुध पिउनु एकदमै राम्रो हो । यसले तपाईको मनलाई शान्त राख्न मद्दत गर्छ । साथै गहिरो निन्द्रा पनि लाग्छ ।

खिचडी वा दही चामल

सामान्य हिसाबले बनाइउको सुपाच्य खानेकुरामा जोड दिनुहोस् । बेसारसँग खिचडी, दही चामल जस्ता खानेकुरा उपयुक्त हुन्छ । त्यस्तै नरिवलको चटनी र थोरै घिउ पनि राम्रो हुन्छ ।

दुई जनाका लागि नखानुहोस्

गर्भमा बच्चा भएपनि आखिर तपाईको एक्लो शरीर हो । त्यसैले अधिक खानबाट बच्नुहोस् । यसले तपाईको पाचन यन्त्रमा असर गर्न सक्छ । यद्यपी धेरै भोक लाग्यो भने खान सकिनेछ ।

खाली पेट चिया कफी नपिउनुहोस्

बिहान खाली पेटमा चिया तथा कफी पिउने बानी छ भने त्यसलाई हटाउनुहोस् । बरु खाली पेट मनतातो पानी पिउनुहोस् । कागती पानी पनि उपयोगी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment