Comments Add Comment

कसरी बढाउने पाचन क्षमता ? यस्तो छ काइदा


यदि हामीले खाएको खानेकुरा राम्ररी पच्यो भने शरीरमा पोषणको अभाव हुँदैन । शरीर स्वस्थ्य र तन्दुरुत हुन्छ । रगत सफा हुन्छ । यसले प्रत्यक्ष रुपमा हाम्रो छालाको सौन्दर्यमा पनि प्रभाव पार्छ । हामी झरिलो-भरिलो देखिन्छौ ।

तर, हामीले जे जति खान्छौ, सबैकुरा पचाउन गाह्रो हुन्छ । कतिको पचाउने क्षमता त एकदमै कमजोर हुन्छ । उनीहरुको पेटमा कुनै न कुनै समस्या हुन्छ । यस्तो व्यक्तिको अनुहार पनि रुखो, जिर्ण र फिका देखिन्छ ।

त्यसैले स्वस्थ्य बन्न होस् वा सुन्दर बन्न, पेट सफा हुनुपर्छ । पाचन क्षमता बलियो हुनुपर्छ । तर, कसरी ?

काइदा-१

कहिले कहिं हामी काम गर्दै यति धेरै खानेकुरा खान्छौ कि, जसलाई पचाउन गाह्रो हुन्छ । चाहे टेलिभिजन हेरिहेको बेला होस् वा कसैसँग भलाकुसारी हामी खाइरहन रुचाउँछौ । यसरी एकै स्थानमा बसेर लामो समयसम्म खानु हानिकारक हुनसक्छ । त्यसैले खाने तालिका अनुसार ठीक-ठीक समयमा मात्र खाने गरौं । जतिपनि बेला खाइरहने बानीले पाचन यन्त्रमा असर गर्छ ।

काइदा-२

खानेकुरा त्यतीमात्र खानुपर्छ, जति शरीरलाई आवश्यक छ । मीठो लाग्यो भन्दैमा अनावश्यक खानेकुरा खाएर पेट भारी हुन्छ । त्यसैले खानेकुरामा पनि नियन्त्रण गर्नुपर्छ । यद्यपी यस्तो खानेकुरा सेवन गरौ, जो सुपाच्य र सन्तुलित होस् । यसले पाचन यन्त्रलाई चुस्त र बलियो राख्छ ।

काइदा-३

जब तपाई खाना खानुहुन्छ, त्यसको भरपुर आनन्द लिनुहोस् । इन्जोए गर्नुहोस् । खार्युवेदका अनुसार शारीरिक स्वस्थ्य कायम राख्नका लागि मनबाटै भोजन गर्नुपर्छ । खाना खाएको बेला आरमसँग बस्नुहोस् । सहि मुद्रामा बस्नुहोस् । यसले तपाईको पाचन यन्त्रले ठीक ढंगले काम गर्छ ।

काइदा-४

फाचन फायरलाई उत्तेजित तुल्याउनुहोस् । अर्थात एक टुक्रा अदुवा लिनुहोस्, त्यसमा कागतीको रस मिसाउनुहोस् । थोरै नुन पनि हाल्नुहोस् । यसले तपाई जतिपनि गरिष्ठ एवं भारी भोजन गर्नुहुन्छ, सजिलै पच्छ । आर्युवेदमा पनि भोजन पचाउनका लागि केहि काइदा बताइएको छ, जसमध्ये यो पनि एक विधी हो । यसले बोसो घटाउँछ र पाचन सहि राख्छ । यस्तो विधीलाई डाइएजेस्टिभ फायर विधी भनिन्छ ।

काइदा-५

कोल्ड डि्रंक र फास्टफूड सेवन नगरौ । यसले शरीरमा नराम्रो कोलोस्टोर बढाउँछ । वोसो बढाउँछ । यसले पाचन प्रक्रियालाई असर गर्छ । बरु जुस पिउनुहोस् ।

काइदा-६

आर्युवेदका अनुसार पाचन क्रिया दुरुस्त राख्नका लागि सहि र नियमित दिनचर्या पालना गर्नुपर्छ । विशान नास्ता, मध्यन्ह भोजन र राती भोजन सहि समयमा गर्नुपर्छ । राती भोजन गरिसकेपछि तुरुन्तै सुत्नु हुँदैन । राती हल्का भोजन गर्नुहोस् । बिहान पौष्टिक खानेकुरा लिनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment