९ साउन, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले ललितपुर जिल्लाको भैंसेपाटी स्थित अनाथ बाल बाटिका संघमा आश्रित विभिन्न दुर्गम जिल्लाहरुबाट आश्रय लिएका बालबालिकाहरुको लागि आवश्यक शैक्षिक सामाग्री एवं खाद्य समाग्री वितरण गरेको छ ।
आफ्नो सेवाको १९ बर्ष पार गरी २० आैं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत यो सहयोग गरेकाे हो ।
साथै, सोहि अवसर पारेर बैंकले देशमा विद्यमान चरम रक्त अभावलाई ध्यानमा राख्दै थापाथली स्थित आफ्नो रजिष्टर्ड कार्यालय भएको भवनमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । जसमा करीब १५० जना रक्तदाताले रक्तदान गरे ।
बैंकले हालै देशभरि फैलिएको आफ्नो शाखा संजाल मार्फत देशको विभिन्न स्थानहरुमा करिब ८००० विरुवाहरुको वृक्षारोपण कार्यक्रम पनि सम्पन्न गरेको थियो ।
यस्तो वृक्षारोपणबाट वातावरणीय सन्तुलन र हरियाली कायम गर्न थप योगदान पुग्नेे विश्वास पनि बैंकले लिएको छ ।