Comments Add Comment

टेलिकमले ल्यायो डाटा किन्ने नयाँ प्रविधि

९ साउन, काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराएका विभिन्न डाटा प्याकेज अब अनलाइनको माध्यमबाट नेपाल टेलिकमको वेबसाइटबाटै खरिद गर्न सकिने भएको छ ।

यसका लागि अफर डट एनटीसी डट एनइटी डट एनपी मा लग गर्नुपर्छ । त्यसपछि आफूले प्रयोग गर्ने जीएसएम वा सीडीएमए मोबाइलका विभिन्न डाटा प्याकेजहरु छनोट गर्नुपर्छ । विभिन्न डाटा प्याकेजको मूल्य र समयावधि समेत त्यहीँ देख्न सकिन्छ ।
त्यसपछि ग्राहकले आफ्नो मोबाइल नम्बर र पीयूके (PUK) नम्बर राख्नु पर्छ । पीयूके नम्बर थाहा पाउनका लागि १४१५ मा एसएमएस गर्न सकिन्छ ।

सबै विवरण भरेर बाइ डाटा प्याक बटन थिचे पछि ग्राहकको मोबाइलमा आवश्यक डाटा प्याकेज उपलब्ध हुन्छ । यसका लागि मोबाइलमा आवश्यक ब्यालेन्स हुनु आवश्यक छ ।

नेपाल टेलिकमको डाटा प्याकेज आफ्नो मोबाइलमा *1415# डायल गरेर पनि लिन सकिन्छ । त्यसैगरी १४१५ मा एसएमएस पठाएर पनि डाटा प्याकेज लिन सकिन्छ ।

तर ग्राहकको सुविधाका लागि अहिले अनलाइन माध्यमबाट समेत डाटा प्याकेज लिन सकिने व्यवस्था गरिएको हो । यसबाट ग्राहक वर्गलाई डाटा प्याकेज लिन थप सहज हुने अपेक्षा गरिएको छ ।

नेपाल टेलिकमले हाल जीएसएममा रेगुलर, नाइट र फेसबुक डाटा प्याकेजको रुपमा विभिन्न अफर उपलब्ध गराएको छ । त्यसैगरी सीडीएमए सेवामा रेगुलर र नाइट डाटा प्याकेज उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment